१६ आश्विन २०८०, मंगलवार

कोरोनाबाट मृत्यु हुने पहिलो हुम्ली कालु सिंह



समर हुम्ली

१२ कार्तिक, काठमाडौं । पहिलो पटक कोरोनाबाट हुम्लीको मृत्यु भएको छ । उनी लामो समयदेखि स्वास्थ्यकर्मीका रुपमा बीर अस्पताल काठमाडौंमा कार्यरत थिए ।

हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं १ प्युस गाउँका कालु सिंहको कात्तिक ११ गते बिहान ५ बजे कोरोनाका कारण मृत्यु भएको जानकारी खार्पुनाथ १का स्थानीयबासी अमरबहादुर शाहीले जानकारी दिएका छन् ।

कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट अहेव पास गरेका सिंहले शुरूवाती चरणमा जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा काम गरेका थिए । वि.सं. २०४८/०४९ सालतिर एक्कासी स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पताल नेपागञ्जमा जाँच स्वास्थ्य परिक्षण गराउदा मुटुमा समस्या देखिएको थियो । त्यहाँ मुटुको उपचार गरेपछि स्वास्थ्यका कारण उनी पछिल्लो समय सिनियर अहेवका रूपमा काठमाडौं वीर अस्पतालमा कार्यरत थिए ।

कोरोना पुष्टी भएपछि दुई हप्ताभन्दा धेरै वीर अस्पतालको आईसियुबाट डिस्चार्ज भएर सिंह घरमै स्वास्थ्य लाभ गरिरहेको थिए ।

कात्तिक ११ गते राती एक्कासी उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लिएको केही समयमा नै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
मृदुभाषी, सरल, बहुप्रतिभाशाली तथा मेहनती सिंहले धेरै बिरामीहरूलाई स्वास्थ्य क्षेत्रमा सेवा दिएका छन् । तर उनैलाई कोरोनाले छोडेन । हुम्ला बाहिर बसेर कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

मृतक सिंह आफ्नो काममा दत्तचित भएर लाग्ने स्वास्थ्यकर्मी भएको उनका सहकर्मीहरूले बताएका छन् । उनी स्वास्थ्य क्षेत्रको हकहितका लागि स्वास्थ्यसम्बन्धि विभिन्न पेशागत समुहमा पनि आवद्ध थिए ।

मृतक सिंहका गाउँमा दुई भाई छन् भने आमाबाबुको मृत्यु धेरै पहिला मृत्यु भइसकेको छ । उनका पत्नी दुई छोरा र एक छोरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको