१८ मंसिर २०७७, बिहीबार

देशभर १९५४ जनामा कोरोना पुष्टि, २९८१ डिस्चार्ज



१२ कार्तिक, काठमाडौं । बुधबार(आज) देशभर १ हजार ९ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ९ सय ८१ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु