१८ मंसिर २०७७, बिहीबार

भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउदै, मानार्थ महारथीको दर्जा दिइने



११ कार्तिक, काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । कार्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि तारिख) सम्मको सेनाध्यक्ष नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै कार्तिक २० गते भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिइने जानकारी गराएको छ । नेपाली सेना र भारतीय सेनाको परम्परा अनुसार उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिन लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनले स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।

नरवणेले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम पनि रहेको नेपाली सेनाले जानकारी दिएको छ । उनी कार्तिक २१ गते भारत फर्किने छन् ।

विज्ञप्ति पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु