३१६८ डिस्चार्ज : ५७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु
११ कार्तिक, काठमाडौं । मङ्गलबार देशभर ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत ३ हजार १ सय ६८ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज देशभरका विभिन्न प्रयोगशालामा २ हजार ७ सय २५ जनाको पिसिआर परिक्षण भएको छ ।