१८ मंसिर २०७७, बिहीबार

नेप्का गाउँका बासिन्दा आफन्तसँग कुरा गर्न रातभरी जाग्राम



समर हुम्ली

११ कार्तिक, हुम्ला । चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्का गाउँका बासिन्दाहरू आफन्तसँग कुरा गर्न कि त दुई दिन हिंडेर जानुपर्छ कि त रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्नका लागि लाइनमा बस्नुपर्छ ।

अनेकौं विविधता र अनौठो गाउँको उपमा बोेकेको नेप्का गाउँ आफैमा एक सुन्दर तर एकलासे ठाउँ हो । यहाँ जान भौगोलिक कठिनाई भएकाले पनि साहस गरेर मात्र जानुपर्छ । यो दुर्गम गाउँमा केही समय अघि राखिएको टेलिफोन सेवा अव?द्ध हुँदा गाउँ बाहिर रहेका परिवारका सदस्यहरू तथा आफन्तहरूसँग कुरा गर्नका लागि दुई दिने हिंडेर मात्र टेलिफोन गर्न पाइने पत्रकार नरजङ्ग तामाङ्गले बताए ।

त्यहाँको वडा कार्यालय तथा स्वास्थ्य चौकीमा रहेको बल्र्डलिंकको इन्टरनेट सेवा पनि भरपर्दो नभएकाले दिनभरी घाम लाग्दा रातको समयमा कुरा गर्न सकिने भए पनि अति कमजोर सिग्नलका कारण पटक–पटक सम्पर्क हुँदै सम्पर्कविच्छेद हुने गर्छ । यसैले पनि स्थानीयहरू दिनभरी काम गरेर रातका परिवारका सदस्य तथा आफन्तसँग कुरा गर्नका लागि जाग्राम बस्ने गरेका छन् ।

यसरी केही मात्रा भए पनि टेलिफोनको विकल्पको रूपमा इन्टरनेटले काम गरेपनि भरपर्दो नभएको स्थानीय दानबहादुर तामाङ्गले बताए । उनले भने, ‘अति ढिलो चल्छ त्यही भएर रातभरी लाइनमा बसेर भए पनि छोटो कुरा गर्छौँ ।’

गाउँमा बिग्रीएको टेलिफोन सेवा सुचारू गरिदिन स्थानीयदेखि माथिल्लो तहसम्म पनि हारगुहार गर्दा पनि यसको सुनुवाई नभएको स्थानीयबासीको दुखेसो छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु