५ आश्विन २०७८, मंगलवार

राष्ट्रपतिबाट टिका ग्रहण गरे प्रधानमन्त्री ओलीले



१० कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । राष्ट्रपति भण्डारीले उनलाई टीका र जमराको माला लगाइदिएकी थिइन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए ।

कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको