१२ जेष्ठ २०८०, शुक्रबार

दशैंको मुखैमा डा. बाबुराम भट्टराई दम्पतिलाई कोरोना संङ्क्रमण



८ कार्तिक, काठमाडौं । बडादशैंको मुखैमा पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय गोरखा र मधेशका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा व्यस्त भट्टराईलाई कोरोना देखिएको हो ।

ट्वीटरमा सन्देश लेख्दै नेता भट्टराइले कार्तिक ७ गते शुक्रबार गरिएको स्वाव परिक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको जानकारी गराएका छन् ।

उनले सन्देशमा चिकित्सकको सल्लाह अनुसार आफुहरू आइसोलेसनमा रहने उल्लेख गरेका छन् । केहि समय यता आफ्नो र पत्नी हिसिलाको सम्पर्कमा आएका सम्पूर्णलाई सतर्कता अपनाउन भट्टराइले विशेष आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको