२० श्रावण २०७८, बुधबार

शनिबार २२२५ जनामा कोरोना पुष्टि, २८४८ डिस्चार्ज



८ कार्तिक, काठमाडौं । शनिबार देशभर २ हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा शनिबार मात्रै १ हजार १ सय १० जना भाइरस सङ्क्रमित थपिएका छन् ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ५५ हजार २२३ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ८ सय ४६ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभरका विभिन्न प्रयोगशालामा १३८४८ जनाको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु