विश्वविद्यालयमा गुण्डाराज र आपराधिक गतिविधि सदाका लागि अन्त्य गरिनु पर्दछ : प्रा. डा. नन्दबहादुर सिंह
जर्मनी, चीन, जापान, अमेरिकालगायत विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा काम गरिसकेका त्रिभुवन विश्वविद्यालयमा प्राणीशास्त्रका प्राध्यापक तथा हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसँग उच्च शिक्षा र विश्वविद्यालयसम्बन्धी विविध पाटामा रारापाटी डटकमका अध्यक्ष मोहन शाहीले गरेको विशेष अन्तरवार्ता :
यहाँ कर्णालीको कालीकोटजस्तो दुर्गम जिल्लामा जन्मेर पनि विश्वकै प्रतिष्ठित टोक्यो विश्वविद्यालयबाट विद्यावारिधि गर्ने अवसर पाउनु भयो, अहिले विश्वविद्यालयको उपकुलपतिजस्तो महत्वपूर्ण जिम्मेवारीमा हुनुहन्छ, कस्तो महशुस भइरहेको छ ?
एउटा नयाँ ठाउँमा लिएर जानका लागि विविध खाले चुनौतीहरू हुँदाहुँदै पनि केहि गर्छु भन्ने हो भने विभिन्न परिस्थितीले मलाई गर्न दिएन भनेर वहाना गरेर बस्ने कुरा आफ्नो ठाउँमा होला । तर म केहि गर्छु भन्ने हो भने कैयौं अप्ठ्याराहरूका बीचमा पनि समस्याहरूको समाधान गर्न सकिन्छ । एउटा भनाई नै छ कालो मडारिएको बादलको बीचमा पनि चाँदीको घेरा हुन्छ भनेझैं आफू इमान्दार भइयो भने समस्याहरूको समाधान गर्न सकिन्छ ।
व्यक्तिगत हिसावले भन्दा मैले करिव २५ वर्ष विश्वविद्यालय पढाएँ । विश्वका उत्कृष्ट विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा पढाएँ । संसारको सर्वोत्कृष्ट विश्वविद्यालयबाट विद्यावारिधी गर्ने अवसर पनि पाएँ । त्यसैले मैले शैक्षिक क्षेत्रको महत्व र विश्वविद्यालयलाई सञ्चालन गर्ने विधि र पद्धतिका विषयमा मलाई कुनै किसिमको दुविधा छैन् । मैले विश्वविद्यालयको उपकुलपति भएर काम गर्दा नेपालको अहिलेका विश्वविद्यालयहरू संसारको कुन स्थानमा छन् भनी हेर्दा हामी धेरै तल छौ । एउटा नयाँ ठाउँमा लिएर जानका लागि विविध खाले चुनौतीहरू हुँदाहुँदै पनि केहि गर्छु भन्ने हो भने विभिन्न परिस्थितीले मलाई गर्न दिएन भनेर वहाना गरेर बस्ने कुरा आफ्नो ठाउँमा होला । तर म केहि गर्छु भन्ने हो भने कैयौं अप्ठ्याराहरूका बीचमा पनि समस्याहरूको समाधान गर्न सकिन्छ । एउटा भनाई नै छ कालो मडारिएको बादलको बीचमा पनि चाँदीको घेरा हुन्छ भनेझैं आफू इमान्दार भइयो भने समस्याहरूको समाधान गर्न सकिन्छ । अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कैयौं समस्याहरू छन् तर ती समस्याहरूलाई रचनात्मक ढङ्गले हल गर्ने बाटाहरू र उपायहरू अपनाइयो भने, त्यसमा टिम स्प्रिट बनाइयो भने, स्थानीय जनताको भावना अनुरूप काम गरियो भने आफू पारदर्शी भइयो भने निरन्तर काममा लागियो भने तपाईंलाई खराब छ भनेर कसैले भन्दैनन् र तपाईंले समस्या समाधान गर्नु हुन्छ ।
अर्को कुरा नेपालमा कुनै पदमा आउनुभन्दा पहिला म यस्तो गर्छु उसो गर्छु भन्ने तर जिम्मेवारी पाइसकेपछि नगर्ने प्रवृत्ति छ । यसलाई तोड्नु पर्दछ भन्छु म । अब बोलेर होइन गरेरै देखाउनु पर्दछ । अनि मात्र जनताले विश्वास गर्दछन् । अब धेरै मुद्दाहरूमा जनताले भनेर विश्वास गर्नेवाला छैनन् तपाईंले गरेर प्रमाणित गर्नु भयो भने ठिकै गरेछ भन्नेछन् । त्यसैले मलाई के लाग्छ भने हामीले काम गरेर नै मानिसहरूको शंका निवारण गर्नु पर्दछ । आफूलाई व्यक्तिगत रूपमा यो जिम्मेवारी पाउँदा गर्व हुनु स्वभाविक कुरा हो । तर त्यो गर्व गर्वमा राख्ने होइन, यो जिम्मा हो यसलाई पुरा गरेर जनता र राष्ट्रका लागि एउटा अत्याधुनिक विश्वविद्यालय बनाउनु पर्दछ भन्ने मैले सोंच राखेको छु ।
यहाँ उपकुलपति नियुक्त भएको केहि दिनमै नेपाल पनि विश्वव्यापी कोरोना महामारीका कारण लकडाउन हुने अवस्था बन्यो । कोरोना कहरकै बीचमा विश्वविद्यालयले के–कस्ता कामहरू गरिरहेको छ ?
मैले ४ वटा कुरा जहिले पनि भन्ने गर्छु । शिक्षा, स्वास्थ्य, कृषि र सुरक्षा कहिले पनि लकडाउन हुदैनन् । शिक्षा लकडाउन भयो भने वर्वाद भइहाल्यो नि ! मानिस विरामी हुँदा अस्पताल बन्द गरियो भने के गर्ने ? कृषि उत्पादन वा खाने कुरा नै भएन भने के गर्ने ? जहाँतहिँ अस्तव्यस्त भयो सुरक्षा भएन भने मानिसको ज्यूधनको कसले रक्षा गर्छ ? त्यसैले यी ४ वटा क्षेत्र जस्तोसुकै युद्ध नै किन नहोस् वा महामारीको अवस्था नै किन नहोस् रोकिनु हुँदैन । मैले ट्रेसिङ, ट्रयाकिङ र टेस्टिङ भन्ने जुन कोरोनाको ३ वटा कुरालाई विश्वविद्यालय शिक्षामा लागु गरे । विद्यार्थी कहाँ छ त्यसलाई टे«सिङ गर, त्यसपछि उक्त विद्यार्थीलार्य ट्रयाकिङ गरी राख वा पढाउने कुरामा जोड त्यसपछि विद्यार्थीलाई परिक्षामा सहभागी गराउने कुरालाई टेस्टिङका रूपमा लियौं ।
म २०७६ फागुन १८ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई उपकुलपतिमा नियुक्ति गर्नु भयो । शिष्टाचार भेटघाट गर्दा मेरो ४–५ दिन समय बित्यो । म फागुनको २९ गते सुर्खेत पुगे । त्यसपछि लगत्तै चैत्र ११ गतेबाट लकडाउन भइहाल्यो । मैले डेढ हप्ता पनि काम गर्न पाएन । त्यसपछिका ६–७ महिना लगातार हामी लकडाउनमा छौं । मैले ४ वटा कुरा जहिले पनि भन्ने गर्छु । शिक्षा, स्वास्थ्य, कृषि र सुरक्षा कहिले पनि लकडाउन हुदैनन् । शिक्षा लकडाउन भयो भने वर्वाद भइहाल्यो नि ! मानिस विरामी हुँदा अस्पताल बन्द गरियो भने के गर्ने ? कृषि उत्पादन वा खाने कुरा नै भएन भने के गर्ने ? जहाँतहिँ अस्तव्यस्त भयो सुरक्षा भएन भने मानिसको ज्यूधनको कसले रक्षा गर्छ ? त्यसैले यी ४ वटा क्षेत्र जस्तोसुकै युद्ध नै किन नहोस् वा महामारीको अवस्था नै किन नहोस् रोकिनु हुँदैन ।
सामाजिक दूरी र व्यक्तिगत खानपानमा विशेष ख्याल गरेर काम गर्नु पर्दछ भन्ने मरो मान्यताले लकडाउन भएको दिनपछि लगातार बैठकहरू गरे र त्यो बैठकबाट पारित भएका निर्णयहरूलाई लागु गर्न लागे । अहिलेसम्म २२ वटा बैठकबाट १०७ वटा निर्णयहरू गरिएका छन् । ती निर्णयहरू लागि निर्णय होइनन् अधिकाँश निर्णयहरू हामीले लागु गरेका छौं । ती निर्णयहरूमध्येका एउटा महत्वपूर्ण निर्णय भनेको अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने हो । कर्णाली जस्तो प्रदेशमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनलाइन कक्षा चालु गर्ने भन्दा सुरुमा मानिसहरूले हास्यास्पद ढङ्गले लिएका थिए । कर्णालीमा पनि अनलाइन कक्षा चलाउन सकिन्छ ? गाउँगाउँमा खान लाउन पाएका छैनन्, विजुली छैन, इन्टरनेट छैन, टेलिफोन छैन यस्ता गफ गर्ने समेत भने । विद्वान त हो नन्दबहादुर सिंह तर अव्यवहारिक कुरा गर्छ भन्ने सम्मका कुरा पनि आए । तर मैले त्यसलाई डेढ महिना जतिमा पुष्टि गरे । हामीले व्यक्तिगत जिपिएस भर्चुअल सर्भर लियौं । हामीले अन्तर्राष्ट्रिय ३ वटा संस्थाहरूसँग ओपन रिसोर्स ल्याउनका लागि सम्झौंता गर्यौं । अहिले एकै पटकमा १५० वटा अनलाइन कक्षा सञ्चालन गर्न सकिने क्षमता छ । हामीसँग ठुलठुला राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरू रेकर्डसहित गर्न सकिने व्यवस्था छ । हामीसँग आईटीको निकै राम्रो टिम बनेको छ ।
अनलाइन परिक्षा सुरु गर्दा हामीले पहिला शिक्षकहरूलाई तालिम दियौं । पहिलो दिनको मिटिङ कतिपय शिक्षकहरू फेसबुकमा कुरा गर्न आए । ह्याङआउट, जुम क्लाउड, एमएस टिम र गुगल सबै लियौं । अहिले सबै मानिसहरू खुसी छन् । यो त भौतिक रूपमा उपस्थिती भएर गर्ने गतिविधिभन्दा पनि सहज र प्रभावकारी हुने रहेछ भनिरहेका छन् । त्यसपछि विद्यार्थीहरूलाई अभिमुखिकरण गर्यौं । ट्रेसिङ, ट्रयाकिङ र टेस्टिङ भन्ने जुन कोरोनाको ३ वटा कुरालाई विश्वविद्यालय शिक्षामा लागु गरे । विद्यार्थी कहाँ छ त्यसलाई टे«सिङ गर, त्यसपछि उक्त विद्यार्थीलार्य ट्रयाकिङ गरी राख वा पढाउने कुरामा जोड त्यसपछि विद्यार्थीलाई परिक्षामा सहभागी गराउने कुरालाई टेस्टिङका रूपमा लियौं । त्यति गरेपछि हामी धेरै रूपमा अगाडि आयौं । जुन कुरा नेपालका अरू विश्वविद्यालयहरूले सायद गरे कि गरेनन् मलाई थाह छैन् । यसो गर्दा दुर्गम कर्णाली जस्तो ठाउँमा करिव २३ प्रतिशत भूभाग ओगटेको कर्णाली प्रदेशका १० जिल्ला, लुम्वीनी प्रदेशका ३ वटा कलेज, वागमती प्रदेशको काठमाडौंमा रहेका २ वटा कलेजमा लागु गरेपछि मानिसहरूलाई आत्मविश्वास बढ्दै गयो र पछि डिग्री, एमफिल र पिएचडिमा त करिब करिब शत प्रतिशत विद्यार्थीहरूको उपस्थिती हुन थाल्यो ।
सुरुमा स्नातक तहमा ४०–५० हुँदै लगभग ८० प्रतिशतको हाराहारीमा विद्यार्थीहरू उपस्थिती हुन थाले । अहिले असोज १७ गतेदेखि कात्तिक ६ गतेसम्म पहिलो चरणको परिक्षा भइरहको छ । पौष अन्तिमसम्ममा सबै परिक्षा सकाउने योजना बनाएका छौं । यसो हुँदा हाम्रो विश्वविद्यालयका कुनै सेमेस्टर खेर जाँदैनन । मिड टर्म परिक्षा पनि हामीले अनलाइन माध्यमबाट गर्यौं जसमा प्रायजसोमा शत प्रतिशत र केहिमा ८५ देखि ९५ प्रतिशत विद्यार्थीको सहभागिता रह्यो । हामीले प्रश्नपत्रको मोडालिटी बदल्यौं । एउटा प्रोजेक्टमा आधारित, सब्जेक्टिभ र अर्को अब्जेक्टिभ गरी ३ खाले प्रश्नपत्र बनायौं । अहिले अन्तिम परिक्षामा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म गरी ८ घण्टाको समय तोकेका छौं । त्यसमा १ घण्टा दिएपनि १ हप्ता दिएपनि, १ महिना समय दिएपनि केहि फर पर्दैन । अक्र्सफोर्ड, हारवर्डले अनलाइन परिक्षाका लागि पनि १ हप्तासम्मको पनि समय दिएका छन् । ओपन बुक परिक्षा दिनुपर्छ भनी मानिरहेको बेला हामीले ओपन बुक गरेनौं । विद्यार्थीले अनिवार्य हातले लेख्नु पर्छ भन्यौं । विद्यार्थीले हुबहु सारेको पाइएमा क्यान्सिल हुने नियम बनायौं । विद्यार्थीले पिडिएफ बनाएर मेल गर्ने बनायौं । यसबाट अहिले विश्वविद्यालयका सबै टिम यो गर्न सकिने रहेछ भनी उत्साहित भएको छ ।
हामीले ६ महिनादेखि १ वर्षभित्र इ–विश्वविद्यालय बनाउने योजना बनाएका छौं । जस अन्तर्गत ६ दिनमा ४ दिन अफलाइन कक्षा र २ दिन अनलाइन कक्षा गरेर मिश्रित अर्थात् व्लेण्डिङ मोडेलमा विश्वविद्यालयलाई अगि बढाउने छौं । वाह्य देशहरूले पढ्न सकुन् भन्ने हिसावले अव नयाँ खाले इलेक्टिक कोर्स राख्ने पनि योजना छ । एउटा च्याप्टरमा नै १०–१५ जना राख्ने कुराले विश्वविद्यालय ध्वस्त भयो त्यसैले च्याप्टर कन्ट्रयाक्ट हटाउने काम गरेका छौं । करिव २७ वटा कमिटी बनाई १७० जना सर र म्याडमलाई १ हप्तादेखि १ महिनासम्म काम गर्ने जिम्मा लगाएको छु । १ महिनाभित्र विश्वविद्यालयका विभिन्न खाले समस्याहरू पहिचान गर्दै त्यससम्बन्धी कार्यविधि र निर्देशिकाका खाका यी कमिटीहरूबाट आउँछ । यसरी वर्षौं समय लाग्ने काम छोटो अवधीमा नै उत्पादनमुलक ढङ्गले एकै पटक गर्नु पर्दछ भन्ने मेरो मान्यता हो ।

आजका दिनसम्म आउँदा यहाँले विश्वविद्यालयका शैक्षिक उन्नयनमा मुख्य समस्या र चुनौतीहरू के–कस्ता पाउनु भयो ?
एकातर्फ हाम्रो विश्वविद्यालयमा युवा पिँडी भएकाले एउटा फाइदा छ जसमध्ये अधिकाँश उप–प्राध्यापकमा स्थायी भएको १ वर्ष भएको छ । अर्कोतर्फ ती सबैले गुणस्तरीय शिक्षा दिन सक्ने सम्भावना मैले देख्दैन । यो नलुकाएर भन्नु पर्ने हुन्छ । केही हेल्मेट शिक्षकहरूको कुरा पनि आएको छ । तलब मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खाने तर बाहिर निजी क्यापसहरूमा पढाउने खालका गलत काम गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने काम गरिरहेका छन् । त्यो प्रवृत्तिलाई पनि सिध्याउनु पर्दछ ।
मुख्य समस्या भनेको योग्य जनशक्तिको अभाव छ । एउटा सङ्कायमा प्राध्यापक, उप–प्राध्यापक र लेक्चररको अनुपात हुन्छ । किनभने उप–प्राध्यापकहरूले सह–प्राध्यापक र प्राध्यापकहरूबाट सिक्छन् । एकातर्फ हाम्रो विश्वविद्यालयमा युवा पिँडी भएकाले एउटा फाइदा छ जसमध्ये अधिकाँश उप–प्राध्यापकमा स्थायी भएको १ वर्ष भएको छ । अर्कोतर्फ ती सबैले गुणस्तरीय शिक्षा दिन सक्ने सम्भावना मैले देख्दैन । यो नलुकाएर भन्नु पर्ने हुन्छ । त्यसलाई चिर्न हामीले प्रत्येक सङ्कायमा कति प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापकहरूको अनुपात मिलाएर नियुक्ति गछौं । दोस्रो हाम्रा विश्वविद्यालयका उप–प्राध्यापकहरूलाई क्षेत्रगत अध्ययन गरेर खोज अनुसन्धानमा प्रेरित गरी पियर रिभ्यु जर्नलमा अनसन्धानमूलक लेख लेख्नु पर्छ भन्ने चलन नै रहेनछ । खोजमूलक लेखहरू लेखिएन भने उनीहरूको पदोन्नतीमा अवरोध हुने कुरा गरेका छौं । त्यसका लागि कुन कुन सङ्कायतर्फका कस्ता कस्ता जर्नलहरू छन् भनी सिकाउनु पर्ने हो त्यसका एकदमै कमी छ । तेस्रो केहि हेल्मेट शिक्षकहरूको कुरा पनि आएको छ । तलब मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खाने तर बाहिर निजी क्यापसहरूमा पढाउने खालका गलत काम गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने काम गरिरहेका छन् । त्यो प्रवृत्तिलाई पनि सिध्याउनु पर्दछ । चौथो व्यवस्थित पुस्तकालयको अभाव छ, ज्ञानको लागि पुस्तकालय महत्वपूर्ण कुरा हो । पुस्तकालयलाई म्यानुअल र अनलाईन दवै माध्यमबाट पढ्न सक्ने बनाउनु आवश्यक छ । स्थानीय बासिन्दाहरूले समेत विश्वविद्यालयको पुस्तकालयमा गएर पढ्न पाउने व्यवस्था मिलाउनु पर्दछ । अन्य आवश्यक भौतिक संरचनाहरू बनाइयो भने विश्वविद्यालयको शैक्षिक गुणस्तर निकै माथि उकास्न सकिन्छ ।
अर्को विश्वविद्यालयमा राजनीतिक भागवण्डा, विश्वविद्यालयमा राजनीतिक पार्टीको संगठनमा पदाधिकारी भएको नाताले अयोग्य भएपनि जिम्मेवारी दिनु पर्ने जस्तो रोगलाई निर्मुल पार्नु पर्दछ । त्यसका लागि मैले प्रतिस्प्रर्धाबाट रजिस्टारको छनौट गरे । अब यहि प्रक्रिया डिन, सहायक डिन र क्याम्पस प्रमुखहरूको छनौटका लागि पनि लागु हुन्छ । ज्ञानको दायरा बढाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राध्यापकहरू र विद्यार्थीहरू आदानप्रदान गर्ने योजना बनाएका छौं । त्यसका लागि हामीले विश्वकै राम्रा विश्वविद्यालयहरूसँग सम्झौंता गरेर अगि बढ्नु पर्दछ । यस बाहेक आर्थिक वृद्धि कसरी हासिल गर्ने भन्ने मोडेल पनि अगि बढाउनु पर्दछ भन्ने मलाई लाग्छ । सरकारको तलव मात्र खाएर, विल मिलाएर, भ्रष्टाचार गरेर विश्वविद्यालय चल्दैन । आफैले केहि उत्पादनमुलक काम गर्न सक्ने क्षमता भयो भने सरकारले नदिए पनि भविष्यमा आफै बाँच्न सक्ने विश्वविद्यालय बनाउनु पर्दछ । नेपालमा सरकारले दिएको पैसाले मात्र विश्वविद्यालय चलाउने कुरा गरिनु हुदैन भन्ने हो । कोर्स अफ स्टडिज् स्थानीय स्रोत साधनमा आधारित र बजार केन्द्रित बनाउनु पर्दछ । यसो गरियो भने मात्र मान्छेको चाहना र बजारको माग अनुसारको जनशक्ति उत्पादन हुन्छ । पाठ्यक्रम बनाउने स्वतन्त्रता सङ्कायहरूलाई दिनु पर्दछ । यी समस्याहरू त हुन् तर यती गरियो भने विश्वविद्यालय एउटा उचाईँमा जान्छ ।
यहाँ सुरुवातदेखि नै विश्वविद्यालयको शैक्षिक गुणस्तरका सवालमा निकै आक्रमक र खरो ढङ्गले लागिरहनु भएको छ, विश्वविद्यालय संयन्त्रले यहाँको स्प्रिट अनुसार काम गर्न सकेको छ त ?
म आएपछि स्पष्ट ढङ्गले आफ्ना काम सुरु गरे । उहाँहरूलाई सुरुमा अप्ठ्यारो लाग्यो तर अहिले अधिकाँश कर्मचारी, लेक्चरर, प्राध्यपाक, विद्यार्थीहरूको मलाई साथ र सहयोग छ । वास्तवमै अव विश्वविद्यालय भन्छ भन्ने विश्वास पलाएको अवस्था छ । राजनीतिक दलहरू, नागरिक समाजका मानिसहरू, सामाजिक अभियान्ताहरू, विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने दाताहरू हाम्रो यस अभियानका पक्षमा छन् । समग्रमा अवरोध सिर्जना गर्ने वा विश्वविद्यालयको भलो नचिताउने एकाध मान्छे त होलान् । उनीहरूको समयमा बुद्धि फिरेन भने त्यसरी नै जिन्दगी चलाइरहुन पनि भन्न चाहन्छु म । होइन भने ९९.९९ प्रतिशत मानिसहरूको विश्वविद्यालय बनाउनु पर्दछ भन्ने सकारात्मक सोंच र भावना छ ।
विश्वविद्यालयको संयन्त्रमा सुरुमा जाँदा केहि अन्यौलता थिए । त्यो उहाँहरूको गल्ती होइन, विश्वविद्यालयको पूर्व नेतृत्वको समस्या हो भन्ने मलाई लाग्छ । कुनै पनि संस्था वा संगठनको मुख्य व्यक्ति जस्तो भयो त्यसका सदस्यहरूले पनि त्यहि अनुसारको काम गर्ने हुन्छ । किनभने त्यहाँका पूर्व प्रमुखहरूले राम्रो खालको काम गरेको भए प्राध्यापक, कर्मचारी, विद्यार्थी सबैले राम्रो प्राज्ञिक अभिमुखिकरण हुन्थ्यो तर त्यो भएन । अस्तव्यस्तताको बीचमा चलाएकाले उनीहरू राम्रो र नराम्रो छुट्टाउन पनि गाह्रो भएको जस्तो मलाई लाग्थ्यो । त्यसैले म आएपछि स्पष्ट ढङ्गले आफ्ना काम सुरु गरे । उहाँहरूलाई सुरुमा अप्ठ्यारो लाग्यो तर अहिले अधिकाँश कर्मचारी, लेक्चरर, प्राध्यपाक, विद्यार्थीहरूको मलाई साथ र सहयोग छ । वास्तवमै अव विश्वविद्यालय भन्छ भन्ने विश्वास पलाएको अवस्था छ । राजनीतिक दलहरू, नागरिक समाजका मानिसहरू, सामाजिक अभियान्ताहरू, विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने दाताहरू हाम्रो यस अभियानका पक्षमा छन् । समग्रमा अवरोध सिर्जना गर्ने वा विश्वविद्यालयको भलो नचिताउने एकाध मान्छे त होलान् । उनीहरूको समयमा बुद्धि फिरेन भने त्यसरी नै जिन्दगी चलाइरहुन पनि भन्न चाहन्छु म । होइन भने ९९.९९ प्रतिशत मानिसहरूको विश्वविद्यालय बनाउनु पर्दछ भन्ने सकारात्मक सोंच र भावना छ ।
हामी एउटा गतिका साथ अभियानका रूपमा अगि बढ्छौं । मैले प्रष्ट ढङ्गले सुरुमै कि भ्रष्टाचारका विरुद्ध शुन्य सहनशिलता र पारदर्शीता मेरा मुभमेण्ट हुन् । मैले कुनैपनि हालतमा भ्रष्टाचार र गलत कुरालाई प्रसय दिन्न भनेको छु । जसले राम्रो काम गर्नुहुन्छ उहाँहरूको म प्रशंसा गर्छु, अगाडि बढाउने र जिम्मेवारी दिने काम गर्छु । मैले अत्यन्त राम्रो, सामुहिक र एकिकृत टिम बनाएको छु । त्यस टिमका अधिकाँशले मैले अगाडि बढाएको अभियानलाई साथ दिएकाले धेरै कुरा परिवर्तनको मुहशुस भइरहेको छ भन्ने मलाई लाग्छ ।
तपाईं प्रतिस्पर्धाबाट नै उपकुलपतिमा नियुक्त हुनुभयो । तपाईं नेपालको उच्च शिक्षाको इतिहासमा पहिलोपटक रजिस्ट्रार पनि प्रतिस्पर्धाबाटै छनौट गरी नियुक्त गर्न सफल हुनुभयो र डीनहरूको पनि आवेदन माग गर्नु भएको छ । तपाईंले यसो गर्नुको पछाडिको कारण र अपेक्षा के हो ?
विश्वमा नेपालका विश्ववद्यालयहरूको स्थान हेर्ने हो भने कुन ठाउँमा छौं भनी इन्टरनेटमा हेर्न सक्छौं । कति पछाडि छन् हाम्रा विश्वविद्यालयहरू ? यो त लाजमर्दो कुरा हो । २१ औं शताब्दीका विश्वविद्यालयका कुरा गर्दा हारवर्ड नं. १ बन्ने, अक्र्सफोर्ड, क्याव्रिज, टोकियो, छिन्वा र पेकिङ अगाडि छन् त भन्छौं तर नेपालका विश्वविद्यालयहरू ७ हजार, ११–१२ हजारको स्थानमा पर्छन् । हामीले हाम्रा विश्वविद्यालयलाई ५ हजार स्थानमा कहिले ल्याउने ? १ हजार स्थानमा कहिले ल्याउने ? मलाई के लाग्छ भने यो खालको स्थिती सबै विकृतिका कारणले भयो । अनुसन्धान र विकासलाई अगाडि बढाउने काम हामीले गरेनौं । प्राध्यापकहरू प्रतिस्प्रर्धाबाट आएनन्, योग्य मान्छे उपयुक्त जिम्मेवारीमा आउँदै आएनन् । प्राज्ञिक र शिक्षा क्षेत्रमा दख्खल राख्ने मानिस उपकुलपति भएन भने उसले शैक्षिक उन्नयनमा के योगदान गर्छ ? सम्माननीय प्रधानमन्त्रीले विशिष्टिकृत र योग्यता भएका मानिस आउने भनेपछि मेरा लागि उपकुलपतिको बाटो खुलेको हो । नभए म आउँथे कि आउँथेन के थाह ?
म उपकुलपतिका रूपमा आइसकेपछि आफू विश्वका उत्कृष्ट विश्वविद्यालयबाट विद्यावारिधी लिई अनुसान्धान गर्नुका साथै पढाएर आएकाले त्यहाँको छनौंट प्रक्रिया यो भन्दा धेरै उन्नत छ । म अहिले त्यो स्तरमा गएको छैन । प्राध्यापक नियुक्ति गर्न प्राध्यापकहरूले मतदान गर्छन् । हाम्रो त्यो अहिले नै सम्भव छैन् । उपकुलपति र रजिष्टार छनौट गर्दा बोर्डले मतदान गरेर छनौट गर्ने चलन हुन्छ । तर हाम्रो देशमा मैले यो परम्पराको सुरुवात गरे । हाम्रो विश्वविद्यालमा पनि रजिस्टार मानिसहरूले पकेटबाट ल्याउन खोज्दै थिए तर मैले खुल्ला प्रतिस्प्रर्धाका लागि विज्ञापन खोलिदिएँ । राजनीतिक दलहरूलाई पनि आग्रह गरे कि यसमा मेरो व्यक्तिगत कुनै खाले रुची छैन् मैले देश र जनताको लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई कर्णालीमा किन स्थापित गर्नु पर्छ भन्दा रोग, भोक, गरिवी र पछौंटेपनका विरुद्ध लडाईँ लड्नका लागि हो । तर तपाईँ र मैले अगि भनेका शब्दहरूसँगै सम्झौंता गर्ने हो भने किन विश्वविद्यालय बनाउनु पर्यो ।
समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई अगाडि लिएर जाने हो भने २१ औं शताब्दीको विश्वविद्यालय अत्याधुनिक बनाउने कि नबनाउने ? त्यसका लागि उपकुलपति, रजिष्टार, डिनहरू, डाइरेक्टरहरू, क्याम्पस प्रमुखहरू योग्य र राम्रा मानिस हुनु पर्यो । यो देशका योग्य मानिसहरू काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास बोर्डको अध्यक्ष प्रा. डा. राजेन्द्रध्वज जोशी र लोक सेवा आयोगको सदस्य विन्द्रा हाडा छनौट समितिमा हुनुहुन्थ्यो । हामीले छनौट समितिले बनाएको मापदण्ड कार्यकारी परिषद्बाट पास भइसकेकाले डिनहरू र क्याम्पस प्रमुखहरू खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने बैधानिक बाटो खोल्यो । त्यसैले यसको ठुलो महत्व छ । आज होइन इतिहासले पनि मूल्याङ्कन गर्नेछ ।
समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई अगाडि लिएर जाने हो भने २१ औं शताब्दीको विश्वविद्यालय अत्याधुनिक बनाउने कि नबनाउने ? त्यसका लागि उपकुलपति, रजिष्टार, डिनहरू, डाइरेक्टरहरू, क्याम्पस प्रमुखहरू योग्य र राम्रा मानिस हुनु पर्यो । यस्तो टिमले विश्वविद्यालय हाक्छ । त्यसले खुल्ला प्रतिस्प्रर्धाबाट नियुक्ति गर्ने कुराको अगुवाई गरेको हुँ । त्यहाँ मैले आफैले जाँचेर नियुक्त गर्ने काम गरे भने यसले आफ्नो मानिस राख्यो भन्ने आरोप लगाइन्छ । त्यसैले यो देशका योग्य मानिसहरू काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास बोर्डको अध्यक्ष प्रा. डा. राजेन्द्रध्वज जोशी र लोक सेवा आयोगको सदस्य विन्द्रा हाडा छनौट समितिमा हुनुहुन्थ्यो । १९ जनाले आवेदन दिए त्यसपछि ९ जना, ६ जना हुँदै १ जना सबैभन्दा योग्य मानिसको नाम आयो । जसलाई मैले प्रधानमन्त्रीकोमा सिफारिस गरे र प्रधानमन्त्रीले तत्काल रजिष्टारमा नियुक्ति गरिदिनु भयो । नेपालको इतिहासमा यो पहिलो पटक भएको छ । हामीले छनौट समितिले बनाएको मापदण्ड कार्यकारी परिषद्बाट पास भइसकेकाले डिनहरू र क्याम्पस प्रमुखहरू खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने बैधानिक बाटो खोल्यो । यसरी योग्य मान्छे ल्याउने बाटो खुल्ने वित्तिकै गलत मान्छेले गलत नेताको पैसाको चलखेल गरेर खल्तीको मान्छे ल्याउने परिपाटीको अन्त्य हुन्छ । त्यसपछि नेपालको उच्च शिक्षाको गुणस्तरमा सुधार हुन्छ । त्यसैले यसको ठुलो महत्व छ । आज होइन इतिहासले पनि मूल्याङ्कन गर्नेछ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई आम जनताको भरोसायोग्य विश्वविद्यालय बनाउने यहाँको दृष्टिकोण के छ ?
कर्णालीलाई जहिले पनि गरिव, पछौंटेपन, रोगभोक, अशिक्षा गलत ट्याग लगाउने गरिन्छ । प्राचिन कालमा अत्यन्त गौरवान्वित राज्य हो । मातृसत्तात्मक राज्य नेपालमा कहिँ थियो भने प्राचिन कर्णालीमा थियो । त्यस्तो राज्यको भएको संसारका लागि अनुपम उदाहरण दिने ठाउँ जहाँबाट सिन्जा सभ्यताको सुरुवात भयो । हिमवतखण्डमा १५ हजार वर्ष अगि शिव सभ्यता सुरु भयो । हिजो प्राचिन कालमा कैलाश हिमाल कर्णालीमा थियो जुन अहिले चिनमा छ । पुराङ्ग र गुगेको नजिकै अवस्थित कैलाश पर्वतको छेऊमा शिवले ८४ वर्ष तपस्या गर्नु भयो र सप्तऋषीलाई योगा सिकाएर संसारभरी योगा फैलियो । यहाँ साढे ५ हजार वर्षको योगाको कथा भन्दा भारतबाट भएको भन्छौं १५ हजार वर्ष पहिले नै हिमवतखण्डबाट योगा सुरु भएको थियो । आज जर्मनी र अमेरिकाकाका वैज्ञानिकहरूले बगैंचामा शिवलाई अनुवांशिक विज्ञका रूपमा मानी प्रतिमा बनाएको पाउँछौं । हामीले आफ्नो इतिहास थाह पाउनु पर्छ कि पर्दैन ? त्यो इतिहास कसले सिकाउने ? हिजो प्राचिन कालमा जुम्लाको शहर सबैभन्दा ठुलो शहरका रूपमा मानिन्थ्यो, दोस्रोमा दैलेखको दुल्लु र तेस्रो बझाङको डुम्राकोट थियो । हामी कसरी पछाडि हुन्छौं ? त्यतिमात्र होइन हिजोको प्राचिन कर्णाली सुवर्ण (स्वर्ण) भूमी थियो । सुवर्ण भूमि कसरी पछाडि हुन्छ ? हिजोको सिल्करोडको त्यो संसार हाक्ने रुट हो । सुर्खेत र बुटवल अन्तर्राष्ट्रिय व्यापारको केन्द्र थियो । १२ औं १३ औं शताब्दीतिर सुर्खेत वुद्धिस्टहरूको अध्ययनको केन्द्र थियो । आज २१ औं शताब्दीमा विश्वविद्यालय बनेको छ मलाई गर्व लाग्छ । हामी कहिल्यै पछाडि थिएनौं इतिहासमा पछाडि पारिएको हो । अव पर्नु हुन्न । त्यसैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यसको नेतृत्व गर्नुपर्छ । अव हामी पछौंटेपन होइन सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा जानु पर्दछ । इतिहास पढौं, गर्व गरौं, अगाडि बढौं र अनि मात्र हामी सभ्य हुन्छौं भन्ने मलाई लाग्छ ।
संसारभरी नै सरकारका विश्वविद्यालयहरू जनताका लागि हुन् । विश्वविद्यालयहरू जनताका लागि हुन् भने त्यहाँ जाने पदाधिकारीहरूले जनता र राष्ट्रको चाहना अनुसार राष्ट्रिय शिक्षा नितीलाई ध्यानमा राखेर उसले कार्यक्रमहरू अगि बढाउनु पर्दछ । त्यसका लागि अत्याधुनिक कोर्स अफ स्टडिज् बनाउनु पर्दछ । अत्यन्तै योग्य प्राध्यापकहरू नियुक्त गर्नु पर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राध्यापक तथा विद्यार्थीहरूको आदानप्रदान हुनु पर्दछ । विश्वविद्यालयमा भ्रष्टाचार पटक्कै हुनु हुँदैन् । योग्य मानिसलाई उपयुक्त जिम्मेवारीमा लिने पद्धतिको विकास गर्नु पर्दछ । नयाँ नयाँ कुरा विश्वविद्यालयले आविष्कार गर्यो भने विद्यार्थीहरू पढ्नका लागि लाइन लाग्नेछन् । त्यसपछि जनताले पनि आफूले खाई नखाई दान गर्नेछन् ।
संसारभरी नै सरकारका विश्वविद्यालयहरू जनताका लागि हुन् । विश्वविद्यालयहरू जनताका लागि हुन् भने त्यहाँ जाने पदाधिकारीहरूले जनता र राष्ट्रको चाहना अनुसार राष्ट्रिय शिक्षा नितीलाई ध्यानमा राखेर उसले कार्यक्रमहरू अगि बढाउनु पर्दछ । त्यसका लागि अत्याधुनिक कोर्स अफ स्टडिज् बनाउनु पर्दछ । अत्यन्तै योग्य प्राध्यापकहरू नियुक्त गर्नु पर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राध्यापक तथा विद्यार्थीहरूको आदानप्रदान हुनु पर्दछ । विश्वविद्यालयमा भ्रष्टाचार पटक्कै हुनु हुँदैन् । योग्य मानिसलाई उपयुक्त जिम्मेवारीमा लिने पद्धतिको विकास गर्नु पर्दछ । नयाँ नयाँ कुरा विश्वविद्यालयले आविष्कार गर्यो भने विद्यार्थीहरू पढ्नका लागि लाइन लाग्नेछन् । त्यसपछि जनताले पनि आफूले खाई नखाई दान गर्नेछन् । तर यहाँ त ठ्याक्कै उल्टो छ । हिजो २६–२७ करोड खाइ नखाई दान गर्ने मानिसहरू यस बीचको भ्रष्टाचारले गर्दा जनताले घोषणा गरेको नगद र जिन्सी दुवै बन्द गरे । अहिले म आई सकेपछि घोषणा गरेका ती दाताहरू र सामाजिक अभियान्ताहरू मलाई भेट्न आए । अहिलेको उपकुलपतिले भ्रष्टाचार विरुद्धको शुन्य सहनसिलता र पारदर्शीताको निती लिएकाले अव हामी पुनः दान गर्छौं, यो कुरा उनको इतिहासले पनि पुष्टी गर्छ भनेका छन् । हाम्रो जीवनको इतिहासले पनि धेरै कुरा पुष्टी गर्ने रहेछ । मेरो जीवन खुल्ला किताव जस्तै छ । मैले अपराध गर्दैन । म जे गर्छु त्यहि भन्छु, जे भन्छु त्यहि गर्छु । मैले जति गर्न सक्छु त्यति मात्र भन्छु नभए मानिसहरूको तपाईँप्रति विश्वसनियता हुँदैन । जनताहरू त जहिले पनि विश्वविद्यालय बनोस् भन्ने चाहने रहेछन् तर त्यहाँको नेतृत्व खराब भइदियो भने जनताहरू निराश हुने रहेछन् । म जनताको यस किसिमको निराशालाई सकारात्मक शक्तिमा रूपान्तरण गर्छु । आम जनताको अपनत्व हुने विश्वविद्यालय बनाउँछु ।
नेपालको उच्च शिक्षालाई बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा आरोप लगाइएको पाइन्छ । तपाईं कर्णाली प्रदेश जस्तो स्रोत साधनले भरिपूर्ण भर्जिन ल्याण्डमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नेतृत्व गरिरहनु भएको छ । एक जना कर्णाली बुझेको कर्णालीबासी हुनुको नाताले विश्वविद्यालय शिक्षालाई त्यहाँको मौलिक ज्ञान सीप र स्रोत साधनमा आधारित शिक्षालाई विकास गर्ने केहि सोच विकास गर्नु भएको छ ?
हामीले सैद्धान्तिक कोर्स अफ स्टडिज् बनायौं तर त्यो व्यवहारसँग मेल खाँदैन, उद्यमशिलता बढाउने खालको छैन, त्यहाँको माटोको आवश्यकता अनुसारको छैन भने पढाएको शिक्षा र प्राप्त गरेको प्रमाण पत्र बेरोजगार उत्पादन गर्ने बाहेक केहि हुँदैन् । अहिले नेपालमा यहि भएको छ । तर म यसलाई बदल्न चाहन्छु । त्यसैले मैले पाठ्यक्रमको पुनर्संरचना होइन पुनःडिजाइन गर्छु भनेको छु ।
विश्वमा हेर्ने हो भने केहि विश्वविद्यालयहरू अगाडि छन् भने धेरै विश्वविद्यालयहरू पछाडि छन् । यो कुरा हामीले कोर्स अफ स्टडिज् कस्तो डिजाइन गरेका छौं भन्ने कुराले निर्धारण गरेको हुन्छ । हामीले सैद्धान्तिक कोर्स अफ स्टडिज् बनायौं तर त्यो व्यवहारसँग मेल खाँदैन, उद्यमशिलता बढाउने खालको छैन, त्यहाँको माटोको आवश्यकता अनुसारको छैन भने पढाएको शिक्षा र प्राप्त गरेको प्रमाण पत्र बेरोजगार उत्पादन गर्ने बाहेक केहि हुँदैन् । अहिले नेपालमा यहि भएको छ । तर म यसलाई बदल्न चाहन्छु । त्यसैले मैले पाठ्यक्रमको पुनर्संरचना होइन पुनःडिजाइन गर्छु भनेको छु । उदाहरणको लागि कृषिको १०० पूर्णाङ्कको कुनै विषय बनाउनु छ भने ५० प्रतिशत विश्वव्यापी बनाउँछु किनभने विश्वविद्यालय भनेको विश्वव्यापी हुनु पर्दछ भन्ने मान्यता छ । दोस्रो ५० प्रतिशत विषय भनेको राष्ट्रिय र क्षेत्रीय आवश्यकतालाई समेट्ने खालको बनाउँछु । त्यसमा समग्रको नेपालको कृषिको अवस्था के छ भन्ने विषयमा २० प्रतिशत र ३० प्रतिशत कर्णाली प्रदेशका १० वटा जिल्लाको कृषिको अवस्था तथा त्यहाँको आदिवासी ज्ञान र सिपका विषयमा समेटेर बनाउन सकिन्छ । यसरी विद्यार्थी एकातिर सैद्धान्तिक ज्ञानमा पनि परिपक्क हुन्छन् भने अर्कोतर्फ व्यवहारिक ज्ञान, आदिवासी ज्ञान, सिप र प्रविधिसँग पनि साक्षात्कार हुन पाउँछन् । पढाईको अन्तिमको ८ औं समेस्टरको ६–७ महिना मानव विकास सेवा वा कर्णाली विकास सेवा गरेर त्यहि थेसिस लेख्ने त्यहीँ उद्यमशिलताको सोंच विकास गरेर आए भने त्यो विद्यार्थी डिग्रि लिएको भोलीपल्ट मलाई सरकारले जागिर नदिए पनि बाँच्न सक्छु भन्ने हुन्छ । म यो मोडलमा जाँदैछु । यो नेपाल मात्र होइन दक्षिण एसिया र अन्तर्राष्ट्रिय स्तरका धेरै विश्वविद्यालयका लागि एउटा नयाँ मोडल बन्न सक्छ । आदिवासी नबसेको ठाउँ, आदिवासी ज्ञान नभएको ठाउँ कहाँ छ ? प्राकृतिक स्रोत साधन नभएको ठाउँ कहाँ छ ? आदिवासी ज्ञान र सिपलाई प्राकृतिक स्रोत र साधनसँग जोडेर कोर्स अफ स्टडिज्मा राखेर गइयो भने अत्याधुनिक विश्वविद्यालय बनाउन सकिन्छ ।
यहाँको कार्यकक्षमै एउटा समुहबाट भौतिक आक्रमण र तोडफोड गर्न खोजेको घटनालार्ई यहाँले कसरी लिनु भएको छ ?
यो सुनियोजित रूपमा निजी कलेज चलाएर बसेका मानिसहरूको सपना पुरा नहुने भएपछि हतास मानसिकताको उपज मलाई भौतिक आक्रमण र तोडफोड प्रयास गरिएको हो । विश्वविद्यालयको गैह्र कानुनी विद्यार्थी जो व्यापारमा सङ्लग्न छ त्यो मान्छेलाई प्रयोग गर्नु खेदजनक छ । म सम्पूर्ण राजनीतिक दल र तीनका नेताहरूलाई पार्टीभित्रका अपराधिक मानसिकता भएका मानिसहरूलाई गलत तरिकाले प्रयोग गर्ने र आफ्ना स्वार्थसिद्ध गर्नका लागि प्रयोग नगरिदिन अनुरोध गर्छु । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सम्पूर्ण कर्णालीवासी र विशेष गरी सुर्खेतका जनताको रगत र पसिनाको मूल्यबाट स्थापित विश्वविद्यालय हो । यसलाई सबैको साझा विश्वविद्यालय बनाउनु पर्छ । म सबैका आवाज र मागहरू सुन्न तयार छु । मागहरू पेश गर्नुस् भन्दा उपकुलपतिको कक्षमा मागहरू पेश नगर्ने उपकुलपतिलाई बाहिर मासमा जाउँ भन्नु र म बाहिर जान्न माग यहि दिनुहोस् भन्दा भौतिक आक्रमण गर्न खोज्नु अपराधिकरणको पराकाष्टा हो । म सबैलाई शैक्षिक क्षेत्रमा मसल होइन माइण्ड प्रयोग गरौं भन्न चाहन्छु । त्यसरी भौतिक आक्रमणको प्रयास गर्ने व्यक्तिलाई कोविड लागेको वहानामा उपकुलपतिलाई जानकारी नदिएर छोड्ने करा खेदजनक छ । त्यस्तो व्यक्तिलाई सशक्त कारवाही गर्न प्रशासनसँग माग गर्दछु । यदि त्यस्तो गरिएन भने विश्वविद्यालयहरू गलत व्यक्तिहरूको आक्रमणका केन्द्र नबनोस् भन्ने मेरो चिन्ता हो ।
केहि समय अगि त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम चलाउनेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएपछि २–२ अप्रेशन गरी बचाइएको छ । विश्वविद्यालय जस्तो पवित्र प्राज्ञिक र शैक्षिक थलोमा भएका यस्ता अपराधिक गतिविधिहरूको भ्रत्सना गर्ने शब्द पनि मसँग छैन् । विश्वविद्यालयमा यस्ता खाले गुण्डाराज र अपराधिक गतिविधि सदाका लागि अन्त्य गरिनु पर्दछ । विश्वविद्यालय जस्ता स्वायत्त संस्थाहरू स्वतन्त्र रूपमा अगाडि बढ्ने वातावरण तयारी गर्नु पर्दछ । सबै समस्याहरूको समाधान सम्वादबाट खोज्नु पर्दछ ।
बहुसङ्ख्यक जनताका छोराछोरी पढ्ने सार्वजनिक शिक्षाको विषयमा यहाँको धारणा के छ ?
सार्वजनिक शिक्षा भनेको सरकारी हो । संसारमा सार्वजनिकि, निजी र सामुदायिक गरी ३ खाले माडेलहरू छन् । लोक कल्याणकारी राज्यको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीका ग्यारेण्टी लिनु पर्ने हुन्छ । यसमा पनि सार्वजनिक शिक्षा सबैभन्दा महत्वपूर्ण खम्बा हो । अँझै यसको जिम्मा समाजवाद उन्मुख सरकारले त झन जिम्मा लिनु पर्दछ । सार्वजनिक शिक्षालाई गुणस्तरीय र सबैको पहुँच हुने बनाउनमा हाम्रो भूमिका हुनु पर्दछ । गरिवका छोराछोरी पढ्न चाहेर पनि पढ्न नसक्ने अवस्था छ । आर्थिक रूपमा अत्यन्त विपन्न कर्णालीका विद्यार्थीहरू जो पुष मागमा भारत गएर ज्याला मजदुरी गरी जेष्ठ बैशाख घर आउनु पर्ने बाध्यता छ । किनभने सार्वजनिक शिक्षाको दायरा बढाउन सरकारले सहयोग गर्नु पर्दछ । त्यो कुरामा हामीले नितीगत व्यवस्था गर्नु पर्दछ ।
संसारका राम्रा देशहरूले शिक्षा २५–२६ प्रतिशतसम्म शिक्षामा लगानी गरिरहेका छन् हामी कहाँ त १०–१२ प्रतिशत जति मात्र लगानी रहेको छ । सार्वजनिक शिक्षाको बजेटको मात्रालाई बढाउनु पर्दछ । अहिले गाह्रो के भएको छ भने सामाजिक सुरक्षामा २६–२७ प्रतिशत खर्च गरिएको छ जुन आवश्यक छ । तर कुरा के हो भने जुन देशमा सामाजिक सुरक्षामा खर्च बढ्छ त्यो देशको पूँजी लागत घट्छ र आर्थिक वृद्धि हुँदैन । यो डरलाग्दो कुरा हो । हामीले यसलाई व्यवस्थापन गर्दै आर्थिक वृद्धि गरे पो सामाजिक सुरक्षा दिन सकिएला त ! नत्र भने उल्टो हुन्छ । यो विषयमा अर्थशास्त्रीहरूले बोल्नु पर्ने हो म अर्थशास्त्री त होइन तर पनि मलाई डर लाग्यो । सार्वजनिक शिक्षालाई सुधार गर्नै पर्दछ । हामीले स्केनडेभियन देश नर्वे, स्विडेन, फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड शिक्षाको सम्पूर्ण जिम्मा राज्यको हातमा छ । हामीले त्यहाँको मोडलबाट पनि सिक्न सक्छौं ।
नेपालको शिक्षा व्यवस्थालाई यहाँले कसरी हेरिरहनु भएको छ ?
राजनीतिक दलको सरकार परिवर्तन हुँदा शिक्षा निती परिवर्तन हुनु ठुलो विडम्बनाको कुरा हो । नेपालको शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सुरक्षा निकाय र न्यायलय गरी ५ वटा क्षेत्रमा राजनीतिक दलको सरकार परिवर्तन हुँदा निती बदलिनु हुँदैन । यी ५ वटा क्षेत्र भनेको जनताका लागि हो, जुन विधिको शासनबाट शासित हुनु पर्दछ । अनिवार्य रूपमा योग्यता आधारमा छनौट गर्ने व्यवस्था गर्नु पर्दछ ।
अन्त्यमा केहि भन्न चाहनु हुन्छ कि ?
४ वर्ष पछि म त्यहाँ रहुँला या नरहुँला हाम्रो नयाँ पिँडी त्यहाँ रहन्छ जनता त्यहाँ रहन्छन् भूभाग त्यहाँ रहन्छ, विश्वविद्यालय त्यहाँ रहन्छ । विश्वविद्यालय बनाइयो भने गरिवका छोराछोरीको भविष्य बन्छ । त्यसमा कुनै राजनीतिक दलका केहि निश्चित नेताले म शक्तिशाली छु भन्ने हिसावले गलत बाटो लगेर गलत मान्छेलाई बोकेर जिम्मा दिने काम छोड्नु पर्दछ । मेरो पनि गल्ती कमी कमजोरी छ भने भन्न म उहाँहरूलाई आग्रह गर्दछु र स्वीकार्न तयार छु । तर मैले विश्वविद्यालयलाई व्यस्थित गर्छ भन्न पाउने कि नपाउने ? भ्रष्टाचार विरुद्ध सुन्य सहनसिलता र पारदर्शिता कायम गर्छु भन्न पाउने कि नपाउने ? गलत समुहहरू सम्झौंता र गलत काम गर्दिन भन्न पाउने कि नपाउने ? सबै शिक्षक र कर्मचारीहरू लगातार विद्यार्थीहरू पढाईलाई केन्द्रविन्दु बनाएर जानुपर्छ भन्न पाउने कि नपाउने ? म सबैलाई समावेशी गरेर कुनै पूर्वाग्रह नराखी मिलाएर लिई सबैको साझा विश्वविद्यालय बनाउन चाहन्छु ।