२० जेष्ठ २०८०, शनिबार

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । लकडाउन खुकुलो पार्ने रणनीती अन्तर्गत मंगलबार राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको सरकारका प्रवक्ता, अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

पहिलेको अवस्था हेर्दा कोरोना संक्रमितको संख्या घट्दै गएको बताउदै प्रवक्ता खतिवडाले भन्नुभयो, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले घटेर २०० भन्दा कम छ । अब साउन महिनको अवस्था हेरेर भदौमा थप निर्णय लिन्छौं ।’ लकडाउनका कारण आम नागरिकमा सिर्जित मनोवैज्ञानिक त्रास कम गर्न सरकारले लकडाउन खुकुलो पार्ने रणनीति अपनाइएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

लकडाउन अन्त्य गर्ने निर्णय गरेपनि सम्भावित जोखीमलाई मध्यनजर गरी शैक्षिक संस्था, धार्मीक तथा सामाजिक स्थलहरु, सिनेमा हल, डान्सबार, सैलुन व्युटी पार्लर, स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभयसम्मका बन्द नै रहने छन् । विद्यार्थी भर्ना र परिक्षाफल प्रकाशनका काम भने भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

त्यस्तै साउन १५ बाट होटल रेष्टुरेण्ट, ट्राभल एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु पनि खुला गर्ने निर्णय सरकाले गरेको छ भने नारा र भेला गर्न नपाइने निर्णयलाई यथावत राखिएको छ । भदौ १ गतेबाट लामो दुरीका सवारी साधान तथा राष्ट्रिय र अन्तरर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरिएको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना जोखीम न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेदेखी लकडाउन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको