जडिबुटी खन्न जाँदा बेपत्ता धनबहादुर मृत भेटीए
समर हुम्ली
६ कार्तिक, हुम्ला । सिमकोट गाउँपालिका वडा नम्बर १ मा पर्ने चुवाँ खोला वन क्षेत्रमा असोज २० गते जडिबुटी खन्न गएका ३० वर्षीय धनबहादुर बुढा एक हप्तापछि मृत फेला परेका छन् । दोजाम कर्णाली क्षेत्रको कालापानी भन्ने ठाउँमा लगाइएको काठको साँघु तर्दा उनी नदिमा खसेको अनुमान गरिएको छ ।
असोज २० गते उक्त वन क्षेत्रमा साथीहरूसँग गएको ३० वर्षीय धनबहादुर बुढा बेपत्ता हुँदा परिवारले दोजाम प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएपछि प्रहरी र आफन्त खोजिका लागि वन क्षेत्रमा खटिएका थिए । टोलीले एक हप्तापछि बुढाको शब फेला पारेको छ ।
दोजाम कर्णालीको कालापानी भन्ने ठाउँमा रहेको काठको साँघुबाट दश पन्ध्र मिटर तल शब भेटिएको दोजाम प्रहरी चौकीले बताएको छ ।
असोज २० गते जडिबुटी खन्न गएका बुढाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले पुष्टी गरेको छ ।