२० जेष्ठ २०८०, शनिबार

१३ महिने नेपाली बालिकाको पोल्याण्डमा उपचार हुँदै, २५ करोड खर्च लाग्ने अनुमान



६ कार्तिक । सारा विश्व कोरोना भाइरससँग लडिरहेका बेला रूपन्देहीको सदरमुकाम भैरहवाकी १३ महिने बालिका सियोन श्रेष्ठ भने ‘स्पाइनल मस्क्यूलर एट्रोफी’ रोगसँग लडिरहेकी छिन् । उनकी आमा एलिना गुरूङ श्रेष्ठका अनुसार सियोन ७ महिना हुँदा पहिलो चरणको ‘स्पाइनल मस्क्यूलर एट्रोफी’ रोग पहिचान भएको थियो ।

सामाजिक सन्जालमा लेख्दै बालिकाकी आमा एलिनाले सरकारले आफ्नी १३ महिने छोरीको जिवन रक्षा गर्न कुनै रूचि नदेखाएको भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मेडिकल उपचार बिना २ वर्षको उमेरपछि छोरीको बाच्ने सम्भावना निक्कै कम रहेको चिकित्सकहरूले बताएका छन् ।’ उनले सरकारले कुनै सहयोग नगरेकाले आफ्नो छोरीको जीवन बचाइदिन सम्पूर्ण मनकारी नेपालीलाई अनुरोध गरेकी छिन् । सबै नेपाली मिलेमा एक नावालक नेपाली छारीको जिवन रक्षा गर्न सकिन्छ भन्दै उनल सहयोगको लागि अनुरोध गरेकी छिन् । उनले फेरी भनेकी छिन्, ‘सियोनको जिवन किन्न हामीसँग अब जम्मा १० महिना बाँकी छन् । जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला । छोरीको जिवन अब तपाईंहरूको सहयोगकै भरोसामा छ ।’

‘जोल्गेन्सामा’ नामक औषधीले मात्रै स्पाइनल मस्क्यूलर एट्रोफीको फैलावटलाई रोक्न सक्छ । यो औषधीसहितको इन्जेसन् १ पटक दिनलाई २१ लाख रूपैयाँ लाग्छ । १३ महिने बालिका सियोनको अहिले पोल्याण्डको वार्सामा उपचार भइरहेको छ । उनलाई लागेको रोग ‘स्पाइनल मस्क्यूलर एट्रोफी’ निको पार्न अुनमानित २५ करोड नेपाली रूपैयाँ लाग्ने बताइएको छ ।

उनका अनुसार ‘जोल्गेन्सामा’ नामक औषधीले मात्रै स्पाइनल मस्क्यूलर एट्रोफीको फैलावटलाई रोक्न सक्छ । यो औषधीसहितको इन्जेसन् १ पटक दिनलाई २१ लाख रूपैयाँ लाग्छ ।

१३ महिने बालिका सियोनको अहिले पोल्याण्डको वार्सामा उपचार भइरहेको छ । उनलाई लागेको रोग ‘स्पाइनल मस्क्यूलर एट्रोफी’ निको पार्न अुनमानित २५ करोड नेपाली रूपैयाँ लाग्ने बताइएको छ ।

अहिले सियोनलाई बचाउन विभिन्न सामाजिक संघ संस्थाहरूले अभियानकै रूपमा सहयोग संकलन गरिरहेका छन् । सियोनका बुवा सन्दिप श्रेष्ठले ५ दिन अघिको फेसबुक पोष्टमा ३ करोड ९ लाख सहयोग जम्मा भइसकेको उल्लेख गरेका छन् । उनले सहयोग निरन्तर प्राप्त भइरहेकाप्रति खुशी व्यक्त गरेका छन् ।

थोपा-थोपा मिलेर सागर बन्छ भन्ने कथनलाई यथार्थ सावित गरिदिने बेला यहि हो । हरेक जिवनको उत्तिकै महत्व छ । तर फुल्न नपाउदै कोपिलामै चुडिने अवस्थामा पुगेकी १३ महिने नेपाली छोरी सियोनलाई बचाउनु प्रत्येक नेपालीको महत्वपूर्ण जिम्मेवारी जस्तै भएको छ । विदेशी माटोमा उपचार गराइरहेकी भगवानरूपी ति अवोध बालिकालाई हाम्रो सहयोगले बचाउन सकियो भने सारा नेपालीलाई उनको आशिर्वाद लाग्नेछ ।

सहयोग को लागि :

बैंक खाता नाम : सियोन श्रेष्ठ
बैंक : बैंक अफ काठमाडौं, परासी शाखा
खाता नम्बर : २०६५००० ०००३१५२४
स्वीफ्ट कोड : BOKLNPKA
ई-सेवा आइडी : ९८४७२०६४६६/९८१६४५७८०९


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको