२२ जेष्ठ २०८०, सोमबार

कोरोना मुक्त हुनेको संख्या १ लाख नाघ्यो, ८ सय १२ को मृत्यु



६ कार्तिक, काठमाडौं । बिहिबार देशभर ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा बिहिबार मात्रै १ हजार ५ सय ५२ जना भाइरस सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ सय १२ जना सङ्क्रमित छन् ।

आज थपिएकासहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत ३ हजार २ सय १५ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या १ लाख २ हजार ८४० पुगेको छ । मन्त्रालयका अनुसार देशभर विभिन्न अस्पताल र होम आइसोलेसनमा सक्रिय सङ्क्रमितको संख्या ४४ हजार ८ सय ७७ छ ।

पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको