२० जेष्ठ २०८०, शनिबार

दुर्लभ रेडपाण्डाको छालासहित चार पक्राउ



६ कार्तिक, सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखका नौमुले गाउँपालिका वडा नम्बर २ कय २६ वर्षीय मनोज विक, सोही गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र दैलेखकै नारायण नगरपालिका वडा नम्बर ९निवासी ४० वर्षीयाय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

वीरेन्द्रनगर–६ स्थित गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको