१२ जेष्ठ २०८०, शुक्रबार

दैलेखमा बस दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, १४ घाइते



४ कार्तिक, काठमाडौं । सुर्खेतबाट दैलेखको जम्बुकाँध जादै गरेको यात्रुबाहक बस तल्लो डुङ्गेश्वरमा दुर्घटनाग्रस्त भएको छ । ना ३ ख ५५१९ नम्बरको बस सडक किनारमा रोकिएको टीप्परमा ठोक्किदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका घर भएका चालक ललित नेपाली घटनास्थमलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रमुख डिएसपी अनुमप श्रेष्ठले बताएका छन् । उनले भने, ‘बसमा सवार १४ जना यात्रुहरू घाइते भएका छन् । स्थानीय मेडिकलमा उपचाररत उनीहरूको अवस्था समान्य छ ।’

डिएसपी श्रेष्ठका अनुसार ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस सडक किनारमा रोकिएको टीप्परमा ठोक्किएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘घटना लगत्तै दुर्घटनास्थल पुगेको प्रहरी थप अनुसन्धान खटिसकेको छ ।’ श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको