सबै नागरिकको निःशुल्क कोरोना उपचार नगर्ने सरकारको निर्णय विभेदकारी छ : नेता नेपाल
४ कार्तिक, काठमाडौं । सबै कोरोना सङ्क्रमितको उपचार गर्ने नसक्ने सरकारको निर्णप्रति पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै नेता नपालले मलुकमा कोरोना संङ्क्रमितहरू दिनदिनै बढिरहेको अवस्थामा सरकारले जनताप्रति अनुत्तरदायी निर्णय गरेकोे बताएका छन् ।
राज्य सबै नागरिकको अभिभावकको रूपमा साथमा रहनुपर्ने बेला सरकारले बिल्कुलै अनुचित निर्णय गरेको भन्दै नेता नेपालले लेखेका छन् ‘यो महामारीका बेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशिल नहुनु गम्भिर विषय हो ।’
सङ्क्रमाक रोगसम्बन्धि विद्यमान कानुनी प्रावधानहरूले पनि सरकारलाई त्यो दायित्व सुम्पिएकोले सबै नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न नेता नेपालले सरकारलाई आग्रह गरेका छन् ।
सरकारको विभेदकारी निर्णयले महामारीले त्रसित नागरिकहरू थप आतङ्कित हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गैरजिम्मेवारपूर्ण र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग नेपालले जोडदार माग समेत गरेका छन् ।
प्रेस विज्ञप्ति :
