३ आश्विन २०८०, बुधबार

कैलाली असई हत्या : बेपत्ता प्रहरी जवानको शव ६० घन्टापछि भेटियो



४ कार्तिक, काठमाडौं । कैलालीको मोहना नदिमा घाटि रेडिएको अवस्थामा भेटिएका असई गोबिन्द बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको शव झण्डै ६० घण्टापछि फेला परेको छ ।

असई गोविन्द विकको शव भेटिएको ठाउँको केही पर बेपत्ता साउँदको शव फेला परेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । एसएसपी सिंहका अनुसार केहि समय अघि मात्रै उनको शव फेला परेको हो । उनले भने, ‘हामी निकालेर ल्याउँदैछौं ।’

गत शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका असई विक र जवान सिंह राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीले रातभरी खोजी गर्दा मोहना नदईको किनार आइतबार बिहान असई गाबिन्दको शव भेटिएको थियो ।

नेपाली सेना सशस्त्र र नेपाल प्रहरी आइतबार बिहानदेखि बेपत्ता साउदको खोजी कार्यमा खटिएका थिए ।

तस्करहरूले विक र साउँदको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा संलग्न भएको आशंकामा दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ । केहि दिनमै घटनाको पर्दाफास गरेर दोषिलाई कानुनको कठघरामा उभ्याइने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको