१४ मंसिर २०७८, मंगलवार

आमाको क्रुरता : आफ्नै तीन छोरा–छोरीको हत्या !



३ कार्तिक, काठमाडौं । भनिन्छ दुनियाँमा कसैले कसैलाई बिना सर्त माया गर्छ भने त्यो आमाले सन्तानलाई गर्ने माया हो । आमा सन्तानका लागि सहजै ज्यान दिन र लिन तयार हुन्छन् भन्ने बुझाइमा धेरैजसोको एकमत रहन सक्छ ।

तर अष्ट्रियाको राजधानी भियनामा बस्दै आएकी एक नेपाली महिलाले आफ्नै सन्तानको विभत्स हत्या गरेको घटनाले आमाप्रति सन्तानले गर्ने विश्वासमाथी नै डरलाग्दो प्रश्न खडा गरिदिएको छ ।

अवोध नावालकलाई के थाहा कि आफ्नै ममतामयी आमाको हातबाट नफुल्दै निमोठीनु पर्छ भन्ने कुरा । तर ति निर्दयी आमाले क्रुरताको पनि सिमा नाघेर आफ्नै २ छोरी र १ छोराको विभत्स हत्या गरिदिएकी छिन् ।

बागलुङ घर भई हाल अष्ट्रियामा बस्दै आएकी ३१ वर्षीया चन्द्रा भट्टराईले आफ्नै ३ र ९ वर्षीया छोरी र ८ महिने नावालक छोराको हत्या गरेकी हुन् ।

नेपाल पत्रकार महासँघ यूरोपका सदस्य रविचन्द्र भट्टराइका अनुसार ३१ वर्षीया ति नेपाली महिलाले आफ्नै आपार्टमेन्टमा तीन छोरा– छोरीको चक्कु प्रहार गरी हत्या गरकी हुन् । हत्या गरिसकेपछि महिलाले आफै शनिबार विहान ५ः३० बजे प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी घटनास्थल पुग्दा सानो छोरा र छोरीको मृत्यु भइसकेको थियो । जीवीतै अवस्थामा भेटिएकी ९ वर्षीया छोरीलाई उपचारका लागि अस्पताल लैजादा बाटोमै मृत्यु भएको थियो । महिलाले छोरा छोरीको हत्या गरेपछि आफुले आत्महत्या गर्न लागेको प्रहरीलाई बयान दिएकी छिन् ।

बागलुङ घर भएका ३४ वर्षीय अर्याल थरका पुरूषसँग १० वर्ष अघि ति ३१ वर्षीया महिलाको विवाह भएको थियो । आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिषामा अष्ट्रिया पुगेपछि उनीहरूको विवाह भएको खुलेको छ ।

भट्टराई दम्पतिबीच पारिवारिक कलह रहेको बुझिएको छ । उनीहरूको झगडाबारे जानकार स्थानीय प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमीटर भन्दा नजिक आउन नपाउने गरी प्रतिवन्ध लगाएको थियो ।

केही समय अघिमात्रै आफु पारिवारीक समस्याबाट गुज्रिरहेको भन्दै उनले केही सामाजिक संघसंस्थासँग सहयोगको लागि अनुरोध गरेकी थिइन् ।

अष्ट्रियास्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको