१४ फाल्गुन २०७७, शुक्रबार

देशभर ३७९० जनामा कोरोना पुष्टि, १८ को मृत्यु



३ कार्तिक, काठमाडौं । सोमबार देशभर ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा सोमबार मात्रै २३ सय ८८ जना भाइरस सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना सङ्क्रमित छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख ३६ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ३ सय ३५ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर विभिन्न अस्पताल र होम आइसोलेसनमा सक्रिय सङ्क्रमितको संख्या ४० हजार ७ सय ७८ छ ।

पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशका विभिन्न प्रयोगशालमा १५ हजार बढिको पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु