प्रधानमन्त्रीसहित सबै मन्त्रीले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने
३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघ सरकारका सबै मन्त्रीहरूले दशैं खर्चवापत् पाएको खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।
सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको बताए । उनले भने, ‘प्रदेश र स्थानीय तहका जनप्रतितिधिहरूलाई पनि यस्तै गर्न आग्रह गरिएको छ ।
यसअघि नै सत्तारूढ दल नेकपाका सांसद र प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू दशै भत्ता फिता गर्ने निणय गरिसकेका छन् ।