१६ श्रावण २०७८, शनिबार

भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई कोरोना सङ्क्रमण



३ कार्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार मन्त्री नेम्वाङको पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको उनका स्वकीय सचिव गणेश योङहाङले बताएका छन् ।

कोरोनाका केही लक्षणहरू देखिएपछि मन्त्रीले स्वाव दिएका थिए । सोकीय सचिव योङहाङले भने, ‘उहाँको आजै पोजेटिभ रिपोर्ट आएको छ। सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको छ ।’

यसबीचमा आफुसँग सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरूलाई सावधानी अपनाउन र लक्षण देखिएमा कोरोना परिक्षण गराउन मन्त्री नेम्वाङले आग्रह गरेका छन्

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु