पूर्वअर्थमन्त्री खतिवडा र लोकदर्शन रेग्मीविरूद्ध परे चार उजुरी
३ कार्तिक, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरूद्ध उजुरी दर्ता भएका छन् ।
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरूद्ध चारवटा उजुरी परेको प्रतिनिधिसभा संसद सचिवालयले जनाएको छ ।
को विरूद्ध कति–कति उजुरी परेका छन् भन्ने नखुलेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् । उनले भने, ‘उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गर्छौं । त्यसपछि छलफलपश्चात सुनुवाई तय हुनेछ ।’
पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो । नियुक्तिलाई लिएर सत्तारूढ दल नेकपाकै जिम्मेवार नेताहरूले समते कडा टिप्पणीसहित असन्तुष्टि जनाएका थिए ।
यो पनि पढ्नुहोस् :