२० जेष्ठ २०८०, शनिबार

१०० वर्षमा आमाको निधन, शिवहरी पौडेलले लेखे भावुक सन्देश



३ कार्तिक, काठमाडौं । लोकप्रिय हाँस्य अभिनेता शिवहरी पौडेललाई माृत शोक परेको छ । अभिनेता पौडलकी आमाको १०० वर्षको उमेरमा आइतबार राति ११ बजे निधन भएको हो ।

वि.सं. १९७७ फागुनमा जन्मिएकी आमाको २०७७ साल कार्तिक २ गते हटौंडामा स्वर्गारोहण भएको पौडेलले फेसबुकमार्फत जानकारी गराएका छन् । दशैंको मुखैमा आमा गुमाउनु पर्दाको पिडा, आमप्रतिको उच्च सम्मान र अगाध स्नेह उनको यो सन्देशमा स्पष्टै झल्किएको छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, ऐले आएर हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला । ९१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म-हेटौंडावाट ।’

पौडेलकी ममतामयी आमाको निधनप्रति दुःख व्यक्त गर्दै वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्य, मनोज गजुरेल, दिपकराज गिरी लगायतका कलाकारहरूले फेसबुकमार्फत श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना अर्पण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको