बुवाको देहान्तदेखि सिङ्गो परिवार नै कोराना सङ्क्रमित हुँदाको अवस्था

सुदर्शन थापा
३ कार्तिक २०७७, सोमबार
आज स–परिवार कोरोना सङ्क्रमण भई होम आइशोलेसनमा बसेको १५ औं दिन हो । पन्ध्रौं दिनसम्म त शरिरभित्र राज जमाएको यो भाइरस सायद मरी नै सक्यो होला ! तर पनि हामी फलामको गेट खोलेर आँगनबाट बाहिर गएका छैनौ । घरमा काम गर्ने सहयोगीहरूलाई पनि बाहिर पठाएका छैनौ । आवश्यक समानहरू आफन्त र छरछिमेकीबाट मगाएका छौं । यो भाइरस काठमाडौंमा देखिएको सातौं महिनामा हामी परिवार नै सङ्क्रमित भयौं । यस अवधिमा कोरोनाको बारेमा धेरै डरलाग्दो कथादेखि यो केहि होइन यो विश्व स्वास्थ्य संगठन र मेडिकल माफियाहरूको विश्व अर्थतन्त्रमा एकाधिकार गर्ने षड्यन्त्र हो भन्ने समेतका कहानीहरू बहुत सुनिए । एकातिर यसको भयावह फैलदों दर र अर्कोतर्फ कम मृत्युदर अनि सरकारको बेतुकको लकडाउन र निषेधेज्ञाले सर्वसाधारणको जीवनयापनमा पारेको प्रतिकुल असरमा म आफूपनि प्रभावित भैरहेको थिएँ । यस्तो लाग्थ्यो यो कोरोना रोगबाट भन्दा भोकबाट मान्छे मरिराखे जस्तो ।
यस अवधिमा कोरोनाको बारेमा धेरै डरलाग्दो कथादेखि यो केहि होइन यो विश्व स्वास्थ्य संगठन र मेडिकल माफियाहरूको विश्व अर्थतन्त्रमा एकाधिकार गर्ने षड्यन्त्र हो भन्ने समेतका कहानीहरू बहुत सुनिए । एकातिर यसको भयावह फैलदों दर र अर्कोतर्फ कम मृत्युदर अनि सरकारको बेतुकको लकडाउन र निषेधेज्ञाले सर्वसाधारणको जीवनयापनमा पारेको प्रतिकुल असरमा म आफूपनि प्रभावित भैरहेको थिएँ । अनि यो कोरोना त्यति भयावह होइन जति हल्ला गरिएको छ, मान्छे त पहिला पनि मर्थे र अहिले कोरोनाको कारणले भएको मृत्यूको कारणले समग्र मृत्यदर प्रभावित नभएको र उल्टो घटेको तथ्याङ्कहरू साथै आर्यघाटमा लाशको सङ्ख्यासमेत घटेका कुराहरू सामाजिक सञ्जालमा व्यापक हुन थाले ।
अनि यो कोरोना त्यति भयावह होइन जति हल्ला गरिएको छ, मान्छे त पहिला पनि मर्थे र अहिले कोरोनाको कारणले भएको मृत्यूको कारणले समग्र मृत्यदर प्रभावित नभएको र उल्टो घटेको तथ्याङ्कहरू साथै आर्यघाटमा लाशको सङ्ख्यासमेत घटेका कुराहरू सामाजिक सञ्जालमा व्यापक हुन थाले । यस अवधिमा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । हस्पिटलमा आइसियु र भेन्टिलेटर अभाव भएका समाचारहरू प्रसारित भइरहदा पनि सामान्य नै लाग्न थाल्यो सुरुसुरुका अवधिमा जस्तो डर लाग्न छाड्यो । यस्तोपनि लाग्यो कि अव जस्को पिसिआर गरेपनि पोजेटिभ आउँछ, वृद्ध प्रेसर सुगर क्यान्सर र किड्नी डायलोसिस गराउने बिरामीहरू मात्र मर्ने हुन् अरुलाई केहि हुन्न । कतिलाई त थाहै नपाई यो रोग लागेर पनि निको भै सक्यो । यस्तै यस्तै भ्रममा बाँचिरहँदा यहि २०७७ साल असोज १ गते मध्यरात साढे १ बजेतिर ल्याण्ड लाइनमा ठुलो बैनीको फोन आयो लगनखेल भाइको घरमा रहनु भएका ८१ वर्षिय बुवाकै स्वास्थ्य अचानक खराव भएकाले तपाई तुरुन्त आउनुहोस् । हस्पिटल लग्ने भन्ने समाचार पाउने बित्तिक्कै म गाडी लिएर लगनखेलतर्फ जाँदै गर्दा बाटैमा बुवालाई निदान हस्पिटल पुर्याई सकिएको जानकारी पाएँ ।
हस्पिटल पुग्दा बुवालाई इमर्जेन्सीमा अक्सिजन चढाएर राखियको थियो बुवा चेतनाशून्य आँ मुख भएको अवस्थामा हुनुहुन्थ्यो । डाक्टरसँग बुझ्दा बुवाको अक्सिजन लेबल ९१ र इसिजी ठिक छ भन्ने जानकारी पाएँ जुन मनिटरमा पनि देख्न सकिन्थ्यो । डाक्टरहरूले बुवालाई तुरुन्तै सिटि स्क्यान गराएर भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिए तर बुवाको अक्सिजन ठिक छ भने किन भेन्टिलेटर राख्ने भन्ने प्रश्न गरें । उनीहरूले चाहिन सक्छ भने । ठिक छ चाहियपछि बेग्लै कुरा अहिले सिटि स्क्यान गराउनुहोस् भन्दा उक्त हस्पिटलमा नभएकाले अल्का हस्पिटल लियौं । अल्का हस्पिटलले अहिले सकिन्न बिहान ८ बजे त्यो पनि पिसिआर रिपोर्ट नभई नगर्ने भन्ने जानकारी गरायो । त्यसपछी बुवाको न्युरोसम्बन्धी समस्या भएकोले हामीले अन्नपूर्ण न्युरो हस्पिटल र सुन्धारामा रहेको हस्पिटलमा पनि प्रयास गर्यौं र हस्पिटलबाट पनि गर्न लगाउँदा पनि पिसिआर नभई भर्ना नगर्ने र साथै आइसियु खाली नभएको जानकारी प्राप्त भयो । अव त्यहि हस्पिटलको आइसियुमा बुवालाई राख्नुस् भन्दापनि आइसियु प्रमुखले पिसिआर नभई नराख्ने भन्छ । जवकि बुवा त्यहि हस्पिटलको नियमित बिमारी १ वर्ष अघिपनि निमोनिया भई मुटुमा समेत असर गर्दा उक्त हस्पिटलको आईसियुमा २१ दिन राखिएको थियो । त्यसपछि नियमित सोहि हस्पिटल फलोअप गरिरहेको बिरामी बुवा कोभिड बिरामी होइन र कोरोना छैन भन्ने थाह हुँदाहुँदै पनि बुवालाई आइसियुमा राखिएन । राती २ बजे हस्पिटल पुर्याई सकिएको बिरामी साढे ४ बजेसम्म बुवाको डाइग्नोसिस सुरु हुन्न । अबभने म झसङ्ग भएँ यो कोभिड कति भयावह भैसकेछ भनेर ? जबकि निदान हस्पिटल पनि कोभिड हस्पिटल नै रहेछ, इमर्जेन्सीको एक डाक्टर पनि कोभिड सङ्क्रमित भई निको भैसकेको भन्ने बुझियो, अब बुवाको कोभिड जाँच नभई अन्य उपचार नहुने बुझियो र जहाँ लगेपनि अवस्था त्यहि, पाटन लैजानुस् त्यहाँ भर्ना गर्छ किनकि त्यो सरकारी हस्पिटल हो भनेर त्यहाँको डाक्टरले भन्दा बहिनी बुहारीहरूले त्यहाँ त कोरोना बिरामी धेरै छ हामीलाई पनि कोरोना सर्छ रे !
बुवालाई छातीमा पम्प गर्न थालियो अक्सिजन फुल १० लि. मा चालु गरियो, डाक्टरले चलाएको हस्पिटलका औषधीहरू मैले तुरून्त रिप्लेस गरिदिएँ तर हेर्दाहेर्दै आफ्नै आँखा अगाडि बुवाले ५ बजेर ५७ मिनेटमा देह त्याग गर्नुभयो, म किंकर्तब्य बिमुढ भएँ, कोरोनोको कहर भन्ने सुनिन्थ्यो तर आज कोरोनाको हाउगुजीले बुवा उपचार नपाई बित्नु भयो । बाँकी टेष्टहरू डाक्टरले रोक्नुभयो, बुवाको कोरोना इन्स्योरेन्स भए तापनि मैले पिसिआर गराउने झन्झट गरिन किनकि रिपोर्ट आउँदा अरु ५–७ घण्टा लाग्ने पोजेटिभ आए अन्त्यष्टि क्रियाकर्ममा झन्झट हुनेदेखि सबै दाजुभाईलाई खबर गरी सरासर पशुपति आर्यघाटको एक नम्बर चितामै बुवाको अन्तेष्टी सम्पन्न गरी सोहि दिनबाट हामी तीनै भाई क्षेत्रबास बसि टौखेल निवासमा कोरा बार्ने कर्म सुरु गरियो ।
अब मैले त्यहाँको डाक्टरलाई धेरै अनुनय गरेपछि उहाँले अल्कामा सिटिस्क्यान गराउन मनाउनु भयो र सोहि हस्पिटलको केबिनमा राखेर उपचार सुरु गर्ने पिसिआर आयपछि आइसियुमा सार्ने कुरामा मनाउन सकियो । सिटि स्क्यानको लागि एम्बुलेन्स बोलाइयो बुवाको ब्लड स्याम्पलहरू आवस्यक सम्पूर्ण टेष्टको लागि पठाइयो । यतिकैमा एम्बुलेन्स आउन केहि ढिलो भयो आउँदैछ आउँदैछ भन्दाभन्दै बुवाको अक्सिजन लेभल घट्यो भनेर डाक्टर नर्सको दौडादौड र मलाई बुवाको अवस्था खराव भएको जानकारी गराइयो । बुवालाई छातीमा पम्प गर्न थालियो अक्सिजन फुल १० लि. मा चालु गरियो, डाक्टरले चलाएको हस्पिटलका औषधीहरू मैले तुरून्त रिप्लेस गरिंदिएँ तर हेर्दाहेर्दै आफ्नै आँखा अगाडि बुवाले ५ बजेर ५७ मिनेटमा देह त्याग गर्नुभयो, म किंकर्तब्य बिमुढ भएँ, कोरोनोको कहर भन्ने सुनिन्थ्यो तर आज कोरोनाको हाउगुजीले बुवा उपचार नपाई बित्नु भयो । बुवाको बिभिन्न ब्लड टेष्ट मध्ये धेरैजसो भैसकेको र केहि बाहिर पठाउनु पर्ने हुन् । बाँकी टेष्टहरू डाक्टरले रोक्नुभयो, बुवाको कोरोना इन्स्योरेन्स भए तापनि मैले पिसिआर गराउने झन्झट गरिन किनकि रिपोर्ट आउँदा अरु ५–७ घण्टा लाग्ने पोजेटिभ आए अन्त्यष्टि क्रियाकर्ममा झन्झट हुनेदेखि सबै दाजुभाईलाई खबर गरी सरासर पशुपति आर्यघाटको एक नम्बर चितामै बुवाको अन्तेष्टी सम्पन्न गरी सोहि दिनबाट हामी तीनै भाई क्षेत्रबास बसि टौखेल निवासमा कोरा बार्ने कर्म सुरु गरियो ।
दोश्रो दिन माईलो भाई कुबेरलाई ज्वरो आयो उसले सिटामोल खायो, तेश्रोदिन मलाई पातलो सिंगान बग्ने हाच्छिउँ आउने भई एकदम रुँगा लाग्यो । मैले एक चक्की साइनेक्स खाएँ ठिक भयो तर कुबेरले जिऊ पनि कता दुख्यो दुख्यो ज्वरो पनि छ भनेर सिटामोल निरन्तर प्रयोग गर्यो । उता माइली बुहारी कान्छी बुहारी पनि ज्वरो आयो भनि सिटामोल र फ्लेक्जन खाइरहेका थिए । यो अवधिमा ३ दिन घाम नै नलाग्ने गरी पानी परिरह्यो जाडो बढ्यो मलाई पुन रुघा लाग्यो फेरी साईनेक्स एक चक्की खायँ ठिक भयो । कुबेरले सिटामोल ५–६ चक्की नै खायो होला, उसलाई पनि खासै अप्ठेरो परेन । कान्छोलाई खास केहि भयन एवं रितले १२ दिनको काम सकियो कोरोनाको कारण अपेक्षा गरिएका मान्छेहरू पनि आयनन् । कोरामै हुँदा साइलो बुवाको कान्छो छोरा विश्वराजलाई कोभिड पोजेटिभ भएको सुनियो, उसलाई बुवाको मलामी आउँदा नै ज्वरो आएको थियो रे उसको बुढी र घरमा काम गर्ने सहयोगीलाई पनि पोजेटिभ भएको थाहा भयो । एघारौंको दिन मेरो छोरा सुयोगलाई ज्वरो आयो । ऊ साइलो बुवाको नाती पृथ्वीसँग नजिक बसेको गफ गरेको देखेको थिएँ । कतै सङ्क्रमण भयो कि भनेर डर पनि लाग्यो । यहि डरले छोरी रुशु र ज्वाईँलाई उनीहरूको बच्चा सानो भएको कारण सङ्क्रमणको जोखिमले १२ दिनमा नआउ यहाँ यस्तो छ भन्यौं । उनिहरू आयनन् पनि ।
यसरी बुवाको क्रियाकर्म कुनै व्यवधान बिना सकियो १३ दिनको दिन भाईहरू बुहारीहरू र बैनी आफ्नो आफ्नो घर गए । १३ दिनको दिन छोरी रुसुले बिरामी छु युरिन इन्फेक्सन भयो भनि फोन गरेपछि उसलाई केहि आराम होस् भनि यता ल्याईयो । १४औं दिनको दिन रुपालाई ज्वरो आयो, छोरा सुयोगलाई ज्वरो निको भयपनि नर्मल देखिन्थेन । छोरी र नातिनीलाई रूपाबाट अलग्गै गरेका थियौं तरपनि सङ्क्रमणको त्रासले आइतबार बिहानै छोरीलाई पुराउन लगें तर उसलाई गएकै दिन साँझबाट ज्वरो आएछ ।
हामी सोमवार टिकाभैरव हस्पिटलमा भिड कम हुन्छ भनि सपरिवार पिसिआर गराउन गयौं । सोहिदिन बेलुकी रूपाले मेरो टेम्प्रेचर हेर्न बल गरी । उसले हिजो अस्तिपनि भनेकि थिई तर मैले हेरिराको थिएन । ज्वरो नहेरी सुखै पाइन, हेर्दा मेरो ज्वरो १०१ रहेछ । मङ्गलबार सबैको रिपोर्ट पोजेटिभ आयो । छोरी ज्वाईँ पनि बि एण्ड बि जचाउन गए छोरी पोजेटिभ ज्वाई नेगेटिभ, नातिनीको गराइएन । यतिबेलासम्म रुपा र सुयोगको स्मेल लस्ट भैसकेको थियो तर बिहिबारसम्म ज्वाईँलाई पनि जरो आयो छोरीको पनि स्मेल लस्ट आँखा रातो हुने जीउ दुख्ने विविध समस्या हुन थालेको सुन्यौं । मलाई पनि झण्डै चारदिन ज्वरो आयो खान रुचि हरायो जून अहिले पनि छ । यो बिचमा एकदिन मेरो पनि स्मेल हरायो तर भोलिपल्टै फर्कियो । उता छोरीलाई आँखा रातो हुनेदेखि अन्य समस्याले ऊ भिडियोकल गरिराकी हुन्थी ज्वाईँलाई पनि जरो आइरहेको हामीलाई यताको भन्दा नि उताको चिन्ताले सताउन थाल्यो । हामीले आफ्नो अक्सिजन लेबल र टेम्प्रेचर चेक गरिरहन्थ्यौ, ज्वाईलाई पनि अक्सिमिटर मगाउन भन्यौ । उनीहरूले पनि आइतबार मगाए त्यो दिन त ठिकै थियो तर सोमबार बिहान ज्वाईसाहेबको अक्सिजन ९० भन्दा कम भएको थाहा भयो । बि एण्ड बि की डाक्टर संगिता शाक्यलाई सम्पर्क गर्दा तुरुन्त हस्पिटल भर्ना गर्नुपर्छ तर यो हस्पिटलमा सिट छैन । वडा अध्यक्षलाई सम्पर्क गरेपछि उनीहरूले कुनै हस्पिटल मिलाउँछन भन्ने जानकारी भयो सोही जानकारी सम्धि ज्युलाई गराएँ । यता मेडिसिटी हस्पिटलमा भान्जा डा. भयकोले त्यहाँ कोशिस गरियो तेहाँपनि केहि सिप लागेन । सांसद नवराज सिलवाललाई फोनगरें उहाँको फोन उठेन । अब यहाँ घरमा भएको अक्सिजन सिलिण्डर ज्वाईकोमा पर्राउन पठाउन लाग्दा लाग्दै छोरीको कल आयो त्यो अक्सिमिटर बिग्रेको रैछ अर्कोले चेक गर्दा ९६ देखायो भनेपछि ठुलो समस्या टरे जस्तो भयो ।
यो अवधिमा टौखेल चोकमा रेडिमेड कपडाको व्यबसाय गरी बसेका ३८–४० बर्षको एकदम हैण्डसम स्वस्थ मान्छेको समवेदना आयो कसरी भयो भन्दा कोरोना । त्यस्तै ललितपुर बारको निवर्तमान अध्यक्ष दीपक बिष्टलाई प्लाज्मा थेरापि गरिन लागेको खवर सामाजिक सञ्जालमा देखियो तर त्यसको भोलिपल्ट उहाँको श्रद्धाञ्जली देखियो कति डर लाग्यो ? अवर्णित छ ।
यो अवधिमा टौखेल चोकमा रेडिमेड कपडाको व्यबसाय गरी बसेका ३८–४० बर्षको एकदम हैण्डसम स्वस्थ मान्छेको समवेदना आयो कसरी भयो भन्दा कोरोना । त्यस्तै ललितपुर बारको निवर्तमान अध्यक्ष दीपक बिष्टलाई प्लाज्मा थेरापि गरिन लागेको खवर सामाजिक सञ्जालमा देखियो तर त्यसको भोलिपल्ट उहाँको श्रद्धाञ्जली देखियो कति डर लाग्यो ? अवर्णित छ । यसरी कोभिड पोजेटिभ भयपछिको विभिन्न चरण पार गरी अब चाहिं सुरक्षित महशुस गरेका छौं । हामीलाई कोरामै हुँदा कसरी सङ्क्रमण भयो ? अझै प्रष्ट छैनौ हाम्रा भाइ बुहारीहरूको खबर तत्काल लियौं उनीहरू ठिक छन् र हाम्रो पनि जानकारी गरायौं । हामीसँग प्रत्यक्ष त कोही सम्पर्कमा आयनन् अप्रत्यक्ष आउनेहरूलाई फोनबाट जानकारी गरायौं । आज यत्रोदिन पछि यसको समिक्षा गर्दैछु, आशा छ यहाँहरूलाई उपयोगी हुनेछ । सङ्क्रमित भैहाल्नु भयो भने उच्च मनोबल साथ होम आइशोलेसनमा बस्नुस् पौष्टिक खाना खानुस् हल्का व्यायाम गर्नुस् । थर्मोमिटर, ब्लड प्रेसर मिटर, अक्सिमिटर र अक्सिजन सिलिण्डर स्टाण्डबाई राख्नुस् । डाक्टरको सल्लाह बमोजिम औषधी सेवन गर्नुहोस् । र जो नेगेटीभ हुनुहुन्छ कोरोनासँग फेरीपनि बच्नुहोस् । कोरोनाले मरिंदैन तर यसलाई नजरअन्दाज नगर्नु होला ।
(लेखक थापा नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डिएसपी) हुन् ।)