उही तिम्रो साथी (भाग–७)
आउ साथी बढौं अगी हात समाएर
छोड्नु पर्छ सिन्जामाथी गुन लगाएर ।
चिसो हावा चल्ने हाम्रा हिमालका पाखा
बाझो बनी गाउन थाले बिरहका भाका ।
सङ्घर्षका पसिनामा सिर्जनालाई रोप्नु पर्छ
हिमालीका सभ्यतामा गर्भ गर्न सक्नु पर्छ ।
यहाँ फल्छ्न यार्सा गुम्बा यहि मार्सी धान
भेडिगोठ, बख्खु, काम्ला हिमालीका सान ।
ऋतु रोपी युग फल्ने हिमालको वनमा
सुन फल्ने पाखाहरू बाझो छोड्नु हुन्न ।
कालो रातमा बैरि बनी आउन सक्छन् किराहरू
दिप बनी संरक्षणमा जुट्नुपर्छ युवाहरू ।
(प्रा. डा. सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति हुन् ।)