२० जेष्ठ २०८०, शनिबार

नबिल बैंकका सिइओ अनिल शाहलाई कोरोना सङ्क्रमण



२ कार्तिक, काठमाडौं । नेपालको पहिलो निजी कमर्सियल बैंकका रूपमा सुपरिचित नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहलाई कोरोना सङ्क्रमणको पुष्टी भएको छ । उनलाई हिजो दोस्रो पटक पिसिआर परिक्षण गर्दा कोराना सङ्क्रमण देखिएको हो ।

उनले असोज २८ गते गन्ध थाह नपाउने समस्या देखिए पछि पहिलो पटक पिसिआर परिक्षण गराएका थिए । उक्त परिक्षणको रिपोर्ट नेगेटिभ देखिए पनि उनी डाक्टरको सल्लाह बमोजिम एकान्त बास बसेका थिए ।

३ दिनसम्म एकान्त बासमा रहेका शाहलाई गन्ध थाह नपाउने समस्या यथावत रहेपछि हिजो पुनः पिसिआर परिक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

आफ्नै घरमा होम आइशोलेशनमा रहेका शाहले आफूलाई गन्ध थाह नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनले सबै शुभेच्छुकहरूको कामना र प्राथनाले आफू छिट्टै निको हुने अपेक्षा समेत लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको