१० आश्विन २०७८, आईतवार

अब कोरोना सङ्क्रमितले उपचार खर्च आफै व्यहोर्नु पर्ने



२ कार्तिक, काठमाडौं । अब कोरोना सङ्क्रमितले भाइरस परिक्षण र उपचार खर्च आफै व्यहोर्नु पर्ने भएको छ ।

सरकारले तोकेका वर्गहरूबाहेक अन्यले उपचार खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

नयाँ उपचार रणनीति अन्तर्गत आर्थिक रूपमा विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, गम्भिर अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिमपूर्ण क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा मात्र कोरोना परिक्षण र उपचार निशुल्क गर्ने सरकारले निर्णय गरेको छ । उनिहरूमध्ये कोरोना बिमा गरेकाहरूको परिक्षण र उपचार खर्च कोरोना बिमा रकमबाट कट्टा गरिने छ ।

सरकारको निर्णय कार्तिक २ गते देखि नै सम्पूर्ण सरकारी र गैरसरकारी अस्पतालहरूमा लागु गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको