२२ जेष्ठ २०८०, सोमबार

घाँटी रेटिएको अवस्थामा भेटीए असई, प्रहरी जवान बेपत्ता



२ कार्तिक, काठमाडौं । कैलालीमा नियमित गस्तिमा खटिएका प्रहरी असईको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । अस्थाई प्रहरी पोष्ट जगेडाबाट राति ८ बजे गस्तिमा निस्किएका असई गोविन्द बि.क को शव धनगढी उपमहानगरपालिका–११ को मोहना खोलामा भेटिएको हो ।

उनिसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको सुदूरपश्चिम प्रहरी कार्यालयले जानकारी दिएको छ ।

डिउटीको समय सकिदा पनि अबेरसम्म पोष्टमा नफर्किए पछि राति नै उनीहरूको खोजी थालिएको थियो । खोज्दै जाँदा आइतबार बिहान मोहना नदी किनारमा एउटा शव भेटिएको कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले बताए । उनले भने, ‘त्यो असईसाबको शव भएको पहिचान भएको छ । उहाँको घाँटी रेटिएको छ भने खुट्टामा पनि चोटहरू छन् ।’

बेपत्ता प्रहरी जवान साउदको खोजी कार्यमा नेपानी सेना, शसस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीलाई खटाइएको छ ।

शंकास्पद ११ जना पक्राउ

असई गोविन्द बिकको हत्या आशंकामा ११ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज स्वेदीले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा कैलाली क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्तिहरू र असई बिकसँग असन्तुष्ट समुहका सदस्यहरू छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाले सम्भावित आरोपितहरूको नाम खुलाइएको छैन ।

नागरिकहरूको सुरक्षामा खटिने प्रहरीको नै यस्तो विभत्स हत्या भएपछि आम सर्वसाधारणको सुरक्षामा डरलाग्दो पश्न खडा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको