१६ श्रावण २०७८, शनिबार

काठमाडौंमा १६९८ सहित देशभर २९४२ जनामा कोरोना पुष्टि, १२ को मृत्यु



२ कार्तिक, काठमाडौं । गएको २४ घण्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा आज (आइतबार) १६ सय ९८ जना भाइरस सङ्क्रमित थपिएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख ३२ हजार २४६ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ३ सय २६ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । मन्त्रालयका अनुसार देशभर विभिन्न अस्पताल र होम आइसोलेसनमा सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ३ सय ४१ छ ।

पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशका विभिन्न प्रयोगशालमा १४ हजार ८७५ जनाको पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु