१४ फाल्गुन २०७७, शुक्रबार

वर्षौंदेखि ढिके नुन प्रयोग गर्न बाध्य लिमीवासी



समर हुम्ली

२ कार्तिक, हुम्ला । हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको लिमी गाउँमा हालसम्म पनि पुराङको ढिके नुन प्रयोग हुँदै आएको छ । नुनको मुल्य भन्दा ढुवानी मुल्य बढि पर्ने हुँदा लिमीबासीले अहिले पनि ढिके नुन प्रयोग गर्ने गरेका छन् ।

हिमाल पारीको गाउँको नामले परिचित यो क्षेत्रमा वर्षौंदेखि ढिके नुनको प्रयोग हुँदै आएको छ । साल्टटे«ड्ङ्गि कर्पोरेसन जिल्ला शाखा हुम्लाले पटक–पटक आयोडिनयुक्त नुन लिन अनुरोध गरे पनि लिमिवासीले नुन लिन इन्कार गर्दै आएका छन् । ढिके नुन भन्दा दशौं गुणा बढी ढुवानी भाडा पर्ने भएकाले पुराङबाट सस्तोमा प्राप्त हुने ढिके नुनको प्रयोग गर्न बाध्य भएको नाम्खा गाउँपालिका ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ्गले जानकारी दिए ।

नुन लिन कि त एक हप्ता लगाएर सदरमुकाम सिमकोट पुग्नुपर्ने कि त तीन दिन लगाएर हिल्सा पुग्नुपर्ने वडाध्यक्ष तामाङ्गले बताए । उनले भने ‘हो हामीलाई पनि आयोडिनयुक्त नुन प्रयोग गर्न मन छ तर अति महङ्गगो ढुवानी भाडाले ढाड सेक्ने भएकाले बाध्य भएर यसको प्रयोग गर्न गराउन सकेका छैनौं ।’

आयोडिनयुक्त नुन प्रयोग नगर्दा लिमी क्षेत्रका बालबालिकामा आयोडिनको कमीले विभिन्न प्रकारका असरहरू देखिएको लिमी स्वास्थ्य चौकीका ईन्चार्ज गोरा भण्डारीले बताए ।

अब लिमीसम्म केही मात्रामा भए पनि सडकको बिस्तार हुन लागेकाले यसको थप सुधार भएका आयोडिनयुक्त नुन सबैका लागि प्रयोग गर्ने अवस्थाको अवस्था सिर्जना हुनेमा वडा अध्यक्ष तामाङ्गको विश्वस्त छन्

सिमकोट र हिल्सामा ९ रूपैयाँ प्रति केजी पर्ने नुनको ढुवानी करीब १०० रूपैयाँ पर्न जान्छ । त्यसैले ढुवानी गर्न नसकेर वर्षौंदेखि ढिके नुन प्रयोग गर्न बाध्य रहेको स्थानीयहरू बताउछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु