४ कार्तिक २०७७, मंगलवार

शनिबार ३६६७ जनामा कोरोना पुष्टि, १८०० डिस्चार्ज



१ कार्तिक, काठमाडौं । शनिबार देशभर ३६ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा आज (शनिबार) मात्रै १७ सय ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १५३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख २९ हजार ३०४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १८ सय जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु