४ कार्तिक २०७७, मंगलवार

पुरूष पाल्ने कर्नालीका किसान महिला


डा. कृष्णप्रसाद पौडेल/डा. सुजाता तामाङ
१ कार्तिक २०७७, शनिबार

प्रशंग एक : तम्मोमा अन्नपिन्ने पानी घट्ट हुनान् यि घट्टमा गेडा झाड्न मिल्याउने चडा (चरा) बनाया छन् ? हुनत जुम्ला तातोपानीका धन गौतमको यो प्रश्न गाँउका पानीघट्ट नदेख्ने नेपालीलाई गिज्याएजस्तो लाग्दो हो । तर त्यस्तो हैन । घट्टमा हुने यो चराको मुख्य काम पिस्न राख्ने अन्नको दाना ठिक्क खसाल्ने हो यो आफै चल्ने हुन्छ । यो चरो नभएको घट्टमा एक जनाले कुरेर बेलाबेला लौरो चलाउनु पर्छ । यो काम गर्न मात्र पनि एक जना छुट्टै श्रमिक चाहिन्छ । यो पिन्ने काम र चराको काम गर्ने हिजोआज अधिकाँश महिला छन् ।

प्रशंग दुई : मुहूर्त मकपिजीवेत नरशुक्ले : कर्मणा मानिस एक सेकेण्ड पनि किन नबाचोस् राम्रो कामका लागि बाँचोस् । संस्कृत भाषामा लेखिएकोे यो मार्मिक भनाई जग्गा नापी गर्दा पनि घुस नखाएका कारण आफुले पाएको प्रशंसापत्रमै लेखेर घरमा आउने सबै पाहुना र साथीभाईलाई सुनाउने दैलेख नारायण नगरपालिकाका धर्मराज रेग्मी त अब जिवित छैनन् तर उनको सन्देश आज झनै सान्दर्भिक भएको छ ।

यसको मर्म अरूले त कति बुझ्लान नबुझ्लान् तर खेतिपातिको काममा सधै कर्नालीजस्तै अविरल खेतबारी, दाउराघाँस, गाईवस्तु, बालबच्चा र पाका मानिसको स्याहार गर्न निरन्तर बगिरहने कर्नालीका महिला दिदिबहिनीहरूले जति सायद अरू कसैले बुझेका छन् । यो लेख तिनै विशाल छाति र बलियो मन भएकाप्रति समर्पित छ ।

कर्नालीका महिला हेर्दा सामान्य लाग्ने हजारौं वर्ष पहिलादेखि चलाउदै आएको कुटो (नुग्रे या कोरेसो)जस्तै कुप्री पर्दै आफ्नो र परिवारको पेटको आगो निभाउन रातदिन खटिन्छन् । यस्तो कुटो जस्तो देखिने औंलाहरू भएको काठबाट बनेको खेतिपातिको औजारलाई स्थानीय भाषामा नुग्रे (तिन औला भएकोलाई) र कोरेसो (पाँच औला भएकोलाई) भनिन्छ । यिनले यो कुटो मात्र बोक्दैनन्, यहि कुटो चलाएर सिंगो कनार्लीका मानिसको रोग र भोक मेटाउने जिम्मेवारी बोकेका छन् । तर यो कुरा बुझ्न हामी कसैलाई फुर्सद छैन ।

यो सानो सन्दर्भ कृषि सपार्न कर्नालीका महिलाले सिकाएको, हामीले गर्न पर्ने र सजिलै गर्न सकिने सबैभन्दा सरल उपायसँग जोडेर हेरौं । कर्नालीका महिला हेर्दा सामान्य लाग्ने हजारौं वर्ष पहिलादेखि चलाउदै आएको कुटो (नुग्रे या कोरेसो)जस्तै कुप्री पर्दै आफ्नो र परिवारको पेटको आगो निभाउन रातदिन खटिन्छन् । यस्तो कुटो जस्तो देखिने औंलाहरू भएको काठबाट बनेको खेतिपातिको औजारलाई स्थानीय भाषामा नुग्रे (तिन औला भएकोलाई) र कोरेसो (पाँच औला भएकोलाई) भनिन्छ । यिनले यो कुटो मात्र बोक्दैनन्, यहि कुटो चलाएर सिंगो कनार्लीका मानिसको रोग र भोक मेटाउने जिम्मेवारी बोकेका छन् । तर यो कुरा बुझ्न हामी कसैलाई फुर्सद छैन ।

कर्नालीका महिलाले खेतिपाति गर्न हिजोआज खासगरि झार जिलाउन र पिरोल (सल्लाको पात) सोहोर्न चलाउने यस्तो कुटो बिरूवा स्याहार्ने सबै भन्दा आदीम, दिगो र सरल प्रविधि हो । यो बच्चा स्याहार्ने आमाले आफ्नो पेटको बच्चाको भविस्य जोगाउन गरेको मानवीय बुद्धिमत्ताको उत्कृष्ट आविस्कार हो । यसको कर्नालीका महिला सँगमात्र हैन यहाँको माटो, पर्यावरण र प्रकृतिसँग घनिष्ट साईनो छ । यसले बढिमा १.५ ईन्च मात्र माटो चलाएर धरतीको छाला कसरी मानवसृष्टि थाम्न पर्याप्त छ भन्ने कुरा बताउछ ।

यो खेतबारीमै पाइने सबै भन्दा बलियो बुट्यान घंगारु जसलाई स्थानीय भाषामा(रुईत) भन्ने काठबाट बनाइन्छ । आफ्नो औला हेरेर आफ्नै सजिलोकय लागि आविस्कार गरिएको यस्तो दिगो, सस्तो र सरल प्रविधि समेत अहिले पुरूष पौरखको विकास ढाचाँमा कैदी भएको छ । फलामबाट बनाईएको यस्तै कुटो अहिले बजारमा ३०० रूपैयाँमा किन्न पाईन्छ । यो कुरा थाहा पाए आफ्नै खेतबारीको घँगारु स्याहार गरेर दिगो कुटो बनाउनुको साटो फलामको यस्तो कुटो बनाएर नाफा कमाउने सपना देख्ने र देखाउने विकाशेबारे कर्नालीकी महिलाले के सोच्दीहुन् अन्दाज गर्न धेरै कठिन छैन ।

घरैमा पकाउने तेलको जोहो गर्न काठको बाकस (स्थानीय भाषामा जसलाई दुनो भनिन्छ) मा तेल आउने ओखर, तोरी र अन्य उपजको धुलो हातले माडेर तेल निकाल्छन् । धेरैले सुन्दा नपत्याउने यो कुरा एउटा डोरीको त्यान्द्रोमा घाँसदाउरा गरेर गाड (खोला) वारपार गर्ने तुईन भन्दा कम कष्टकर छैन । यिनको संगत गरेर सबै मानीसको जिन्दगी चलाउन रातोदिन खटिने महिला अझै महान छन् । तर हाम्रा अहिलेका मानिस (सभ्य भनिले पुरूष), सिंगो राज्य र यसका शासकहरूले दाताका दानको दुरूपयोग गर्दै कर्नाली समाजमा परनिर्भरता र असुरक्षाको त्रास फैलाउदै मगन्तेको बिल्ला भिराएका छन् ।

यी र यस्तै जैविक खेतिका अचुक र दिगो प्रविधि चलाएर कर्नालीबासी जीवनलाई सरल बनाउछन् । यसको नजिकैको अर्को उदाहरण भने आङ नै जिरिङ्ग बनाउने खालको छ । घरैमा पकाउने तेलको जोहो गर्न काठको बाकस (स्थानीय भाषामा जसलाई दुनो भनिन्छ) मा तेल आउने ओखर, तोरी र अन्य उपजको धुलो हातले माडेर तेल निकाल्छन् । धेरैले सुन्दा नपत्याउने यो कुरा एउटा डोरीको त्यान्द्रोमा घाँसदाउरा गरेर गाड (खोला) वारपार गर्ने तुईन भन्दाकम कष्टकर छैन । यिनको संगत गरेर सबै मानीसको जिन्दगी चलाउन रातोदिन खटिने महिला अझै महान छन् ।

तर हाम्रा अहिलेका मानिस (सभ्य भनिले पुरूष) उनीहरूको जिन्दगीलाई स्थानीय विशेषतामा आधारित भएर उन्नत बनाउने सोचभन्दा बाहिर सुर्खेतको बाटो हुदै सिहंदरबारको सपना कर्नालीमा बाँडेर उनीहरूको गरिवी र अभावको विम्ब प्रस्तुतगरी यिनको स्वभिमानको खिल्ली उडाउन उद्दत छन् । यो खिल्ली उडाउने काममा सिंगो राज्य र यसका शासकहरू दाताले दिएको भन्दै कुहिएका चामल (उडुवा चामल) समेत जहाज र हेलीमा(चिलगाडी) उडाउछन् र त्यहि चामल खान धेरैको बानी परिसकेको छ । यिनले दाताका दानको दुरूपयोग गर्दै कर्नाली समाजमा परनिर्भरता र असुरक्षाको त्रास फैलाउदै मगन्तेको बिल्ला भिराएका छन् । स्थानीय खेतिपाती तहस नहस बनाएर यहाँका मानिसलाई घरबार चलाउन अब मौसमी हैन स्थायी परदेशी बनाउदैछन् । अधिकांश घरका पुरूष काम र आम्दानीको खोजीमा मौसमी बसाइँसराइ गर्छन । पहिले पहिले खेती लगाएर भारतमा काम गर्न जाने र खेती भित्राउन घर फर्किने दाजुभाई हिजो आज कमाई कम हुने तर दिनदिनै घरयासी खर्च बढेसँगै लामो समय उतै बिताउन थालेका छन् । यसले गर्दा पुरुषले सघाउने कामहरू पनि यिनै महिलाहरूले नै समाल्न पर्ने भएको छ । हालैको कोभिड १९ को त्रास पछि धेरै पुरुषहरू गाँऊ फर्किए तर गाँऊमा उनीहरुको रोजीरोटी नचलेपछि चाडबाडको मुखमा पुनःफर्कन थालेका छन् ।

यहाँका घरहरू भुई तलामा गाई बस्तु राख्ने र माथिको तलामा मानिस बस्ने गरि बनाईएका छन् । भान्सा र मझेरी मात्र भएका यी घरहरूमा चिसो छल्न सबैजना अगेना वरपिरि सुत्छन् । किनकी उनीहरूसँग प्रयाप्त ओड्ने र ओछ्याउने कपडा हुदैन । अझ महिनावारी र सुत्केरी दिदीबहिनीहरू यिनै गाईबस्तुको गोठमा नै सुत्छन् किनकी यी महिलाहरूले यस्तो बेलामा घर र भान्सा छुनु हुदैन । यो थाहा पाए देउता त अझ धेरै रिसाउछन् । समग्रतामा पुरुषार्थले भरिएका मानिसले कायर नाम दिइएका महिला छेउ (दलित) र छाउ गोठ (सुत्केरी र महिनावारी) को बासमा सर्प र बलात्कारीको त्रास सहदै, पुरूष दासताको बोझ ढल्काउदै (ढेउकी)सँगै बालबच्चाको स्याहार गर्छन् । भर्खर यौवनको खुट्किला टेक्दै गरेका गे्रटा र मलालाले संसारलाई जोगाउन विश्वभरिका नेतालाई औंला ठडाउदै सचेतनाको शंखनाद गर्दा कर्नालीका नानीहरू भाईबहिना बोकेर छाउगोठ कुर्न बाध्य छन् । यिनले काला अक्षर चिन्न समेत राम्ररी पाउदैनन् ।

महिलाहरू बिहान सखारै उठछन् । नित्य कर्मसँगै सुरू भएको अबिरल यात्रा राती अबेलासम्म चलाइरहन्छन् । घामपानी केही भन्न पाउदैनन् । सबै काम भ्याउछन् । बिचरा कर्नालीका ती कालामैला तर बलियो मन र मर्म बुझेका यी जिउँदा महिला यी विकासेका भेला भर्न र तिनको जागिर जोगाउन समेत सधै तम्सिन्छन् ।

यी महिला आदिम मानव जसरी चारपाउ गर्दै औषधिजन्य र पोषणजन्य अन्नपात उब्जाउछन् । यस्तो अन्नले आफ्नो र परिवारको पेट मात्र भर्दैैैनन् । चिनो, कागुनो मार्से, मार्सी (चालम), गुराँस, चोतो उब्जाउने यी महिला यी पोषिला खानेकुराको भाग खोसिएको मात्र हेर्न बाध्य छन् । अहिले नेताज्यूहरूको मार्सी ज्युनारसँगै यसकोे काठमाडौं बजार ह्वात्तै बढेको छ ।

हुनत यो कुटो चलाएर कर्नालीका महिलाको हेलासँगै अहिले मानव, माटो र पृथ्विको स्वास्थ्य संकट थोपरिएको छ । कर्नालीले नखाएको विषको मुल्य चुकाउदैछ । पानीका मुहान सुकेका छन् । खडेरी र पानी बर्षा बढेको छ । यी सबैको प्रभावले खाद्य तथा पोषण अभाव, जलवायु संकट र नसर्ने दिर्घरोगको विगविगिले समग्र मानव सभ्याता भुकम्पले जस्तै हल्लाएको छ । यो अब ढल्न ढलपलाएको छ ।

कर्नालीका महिलाहरू अहिले अलि जब्बर भएका छन् । धेरैे नै जुर्मुराएका छन् । तिन-चार दशक पहिला हामीजस्ता परदेशी देखेर सातो जाने डरले आफ्नो झुप्रो छिर्ने महिला अहिले बाटामा उभिएर ठाँट्टिदै कहाँ हिड्नु भयो सर म्याम भनेर गिज्याउन सक्ने भएका छन् । कुटो चलाएर कर्नाली पाल्ने महिलाको विवेकपूर्ण ज्ञान, आँट र धैर्यता बुझ्न ठुलै छाति चाहिन्छ । अन्यथा, सके सपारौं नसके नबिगारौं भन्ने कुरा मनन् गर्ने हो कि ? अन्त्यमा, नीतिको पनि महानीति सम्हाल्ने शासक नेताज्यूहरू र उहाँहरूलाई साथ दिने देशी परदेशी हामी सबैलाई यसै मार्फत् सानो सुझाव । समग्रमा हामीले बिराएको बाटो यहिनेर हो । सच्याउने साहस छ भने कुरा गरौं ।

यी सबैको लेखा जोखा समेत यी महिलाहरूले राखेका छन् । अहिले अलि जब्बर भएका छन् । धेरैे नै जुर्मुराएका छन् । तिन चार दशक पहिला हामीजस्ता परदेशी देखेर सातो जाने डरले आफ्नो झुप्रो छिर्ने महिला अहिले बाटामा उभिएर ठाँट्टिदै कहाँ हिड्नु भयो सर म्याम भनेर गिज्याउन सक्ने भएका छन् । तर सबैतिर यस्तो आँट भने अझै बढेको छैन ।

हामीले दशक अगाडि मुगुको धैनाबाट सुरू गरेको कर्नालीको यात्रामा जे देख्यौ त्यहि भन्ने आँट गर्न खोजेका मात्र हौं । यत्रो शक्तिशाली कठै बिचरो कुटो र त्यो बोकेर यहाँका मानिसकोे जिन्दगी चलाइदिने महिलाको यो कथा थाहापाइ सक्दा, यहि कुटो चलाएर कर्नाली पाल्ने महिलाको विवेकपूर्ण ज्ञान, आँट र धैर्यता बुझ्न ठुलै छाति चाहिन्छ । अन्यथा, सके सपारौं नसके नबिगारौं भन्ने कुरा मनन् गर्ने हो कि ? अन्त्यमा, नीतिको पनि महानीति सम्हाल्ने शासक नेताज्यूहरू र उहाँहरूलाई साथ दिने देशी परदेशी हामी सबैलाई यसै मार्फत् सानो सुझाव । समग्रमा हामीले बिराएको बाटो यहिनेर हो । सच्याउने साहस छ भने कुरा गरौं ।

यसमा उठाएका सन्दर्भलाई एक पक्षबाट मात्र भने अबश्य हेरिनु हुदैन । कर्नालीमा माथि उठाइएको प्रशङ्ग जस्तो विभेद मात्र छैन समाज र प्रकृतिमा सौन्दर्य र विविधताको बिशाल भण्डार छ । यहाँबाट सिक्न सकिने थरिथरिका (दुबै महिला र पुरूष) जिउदा र असल मानवीय अभ्यासहरू छन् । कर्नालीमा विभेदको पर्खाल नलगाएका महिला मात्र हैन सँगसँगै जीवनधान्न रातोदिन खटिने जिउँदा पुरूषहरु पनि छन् । सबैले सिक्नलायक फरक विशेषताका संस्कृति र सामाजिक मान्यताहरू छन् । यि सबै प्रति हामी नतमस्तक छौं ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु