९ आश्विन २०८०, मंगलवार

ठाटिकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना सङ्क्रमण



३० असोज, काठमाडौं । ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । छाति दुखेपछि बुधबार स्वाव परिक्षणका लागि दिइएकोमा आज(शुक्रबार) कोरोना पाजेटिभ देखिएको हो ।

अध्यक्ष शाहीले सदरमुकाम दैलेखस्थित कोरोना अस्थाई अस्पतालमा आइसोलेसनमा बसिसकेको जानकारी दिए । रारापाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले नाक, टाउको अलिअलि दुखिरहेको छ, सामान्य रूघा लागिरहेको छ ।’

अरू स्वास्थ्य अवस्था सामान्य नै रहेकाले कोरोनालाई सहजै जित्न सक्नेमा विश्वस्त रहेको शाहीले बताए ।

यसबीचमा आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई सतर्क रहन र केहि लक्षण देखिएमा कोरोना परिक्षण गराएर आइसोलेशनमा बस्न शाहीले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको