पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज
३० असोज, काठमाडौं । स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
रक्तचाप बढेपछि बुधबार ह्याम्स् अस्पताल भर्ना भएका खनाल आज(शुक्रबार) डिस्चार्ज भएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै खनालले डाक्टरहरूको निरन्तरको राम्रो उपचार पछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
आफ्नो स्वास्थ्य उपचार खटिएका सम्पूर्ण चिकित्सकहरूलाई धन्यवाद दिदै खनालले लेखेका छन्, ‘म उपचारार्थ अस्पतालमा रहँदा मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरू, कार्यकर्ताहरू, आफन्तहरू, पत्रकार मित्रहरू तथा शुभेच्छुकहरू सबैप्रति हार्दिक आधार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’
स्टाटस :