१३ कार्तिक २०७७, बिहीबार

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको एकता सम्पन्न



२९ असोज, काठमाडौं । नेपाली विद्यार्थी आन्दोलनका दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको एकता प्रक्रिया सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, दैलेख जिल्ला इन्चार्ज लक्ष्मि पाखरेलको प्रमुख आतिथ्यता, नेकपा दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा र सचिव प्रेम कटुवालको विशेष आतिथ्यतामा बिहिबार एकता प्रक्रिया टुङ्ग्याइएको हो ।

एकता प्रक्रिया टुङ्ग्याउन बसेको बैठकमा अनेरास्ववीयु केन्द्रीय सदस्य कल्पना थापा, विष्णुकुमार बुढा, भुपेन्द्रबहादुर शाही, नविन कुमार योगी, निर्वाचन आयोगका केन्द्रीय सदस्य सुरज भण्डारी, जिल्ला संयोजक अर्जुनकुमार बुढा र सहसंयोजक हेमन्त दशौंदीको उपस्थिति थियो ।

अर्जुनकुमार बुढा, हेमन्त दशौंदी, अग्नी रिमाल, कृष्ण शर्मा, रेखा थापा, प्रकाश अधिकारी, हिक्मत बहादुर शाहीसहित ७ सदस्यीय जिल्ला कार्यालय, २१ सदस्यीय जिल्ला सचिवालय र ६१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । अखिल क्रान्तिकारीबाट तीन जनाको नाम भने थप्न बाँकी छ ।

बैठकले विज्ञप्ति जारी गर्दै जिल्ला कार्यालय, जिल्ला सचिवालय र जिल्ला कमिटिका सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

विज्ञप्ति हेनुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु