२० जेष्ठ २०८०, शनिबार

नवनियुक्त तीन मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने



२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बिहिबार सपथ लिएका हुन् ।

बिहिबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ खुवाएकी हुन् ।
नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्र विद्यादेवी भण्डारीले बुधबार साँझ केहि मन्त्रीको जिम्मेवार हेरफेर र तीन नयाँ मन्त्री नियुक्त गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको