४ कार्तिक २०७७, मंगलवार

विश्वविद्यालयमा अपराधिकरणको पराकाष्टा : उप-प्राध्यापक चलाउनेमाथिको साङ्घातिक आक्रमण


मोहन शाही
२९ आश्विन २०७७, बिहीबार

विश्वविद्यालयजस्तो प्राज्ञिक एवम् शैक्षिक थलोमा खुकुरी, तरवार, रड, पुस्तकालय जलाउने, भौतिक संरचना तोडफोड गर्ने जस्ता कुरा सुन्दा पनि सभ्य समाजका लागि लज्जाको विषय हो । तर नेपालको सन्दर्भमा विगत केहि समयदेखि विश्वविद्यालय र क्याम्पसहरूलाई यस्तै गतिविधिको केन्द्र बनाइएको छ । प्रायजसो यस्ता खाले अराजक र अपराधिक गतिविधि विद्यार्थी संगठनहरू आफू र गुण्डाहरूको सहायता लिएर गर्ने गरेको पाइन्छ ।

उप–प्राध्यापक चलाउनेमाथिको साङ्घातिक आक्रमण :

उप–प्राध्यापक प्रेम चलाउनेमाथि विक्रि भण्डार नजिकै बुलेट, स्कुटरमा आएको अपराधी समुहले बाँसका चिर्पट, फलामको रडले साङ्घातिक आक्रमण गर्यो । उनलाई मास्क, अनुहार छोप्ने लुगा, अनि पुलिसको जस्तो हुलिया बनाएर जङ्गलको एकान्तसम्म पछ्याउँदै रड र चिर्पटले मराणासन्न हुने गरी पिटेर खुट्टा भाँचेर फालियो । उप–प्राध्यापक चलाउनेका अनुसार उनलाई ३ जनाले ज्यान लिने उद्देश्यले आक्रमण गरेको र पिट्दापिट्दा मर्यो भनेर छोडेका हुन् । रविन लामा र रूपेश साहलाई पक्राउ गरेको छ । अर्को एक जना को हो भन्ने पत्ता लागिसकेको छैन् । अहिले कुट्नलाई प्रयोग गरिएको सिएनएन हिरो अनुराधा कोइरालाका छोरा मनिष कोइरालाको बुलेट बाइक पनि प्रहरीको नियन्त्रणमा रहेको छ । तर प्रहरीले मनिष कोइरालालाई पक्राउ गरेको छैन् ।

यहि असोज २० गते बिहान पौने १० बजे त्रिभुवन विश्वविद्यालय परिसर भित्रै रहेको नेपाल बैंकको एटिएमबाट पैसा निकालेर फर्कँदै गर्दा समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम चलाउनेमाथि विक्रि भण्डार नजिकै बुलेट, स्कुटरमा आएको अपराधी समुहले बाँसका चिर्पट, फलामको रडले साङ्घातिक आक्रमण गर्यो । उनलाई मास्क, अनुहार छोप्ने लुगा, अनि पुलिसको जस्तो हुलिया बनाएर जङ्गलको एकान्तसम्म पछ्याउँदै रड र चिर्पटले मराणासन्न हुने गरी पिटेर खुट्टा भाँचेर फालियो । उनलाई बॉस र फलामे डण्डीले जिउभरी खास गरेर टाउको र गोडाको माथिल्लो भागमा निर्ममतापूर्वक हानिएको छ र नीजको जिउभरी नीलडाम एवम् टाउकोभरी गहिरा घाउहरू छन् । हाल मेडिसिटी हस्पिटलमा उनको उपचार भैरहेको छ । अपरेशन सफल भएछ भने पनि, डाक्टरहरूले ६–८ महिना घरमै आराम गर्न सिफारीस गरेका छन् ।

उप–प्राध्यापक चलाउनेका अनुसार उनलाई ३ जनाले ज्यान लिने उद्देश्यले आक्रमण गरेको र पिट्दापिट्दा मर्यो भनेर छोडेका हुन् । महानगरिय प्रहरी परिसर काठमाडौंले आक्रमणमा सङ्लग्न रविन लामा र रूपेश साहलाई पक्राउ गरेको छ । अर्को एक जना को हो भन्ने पत्ता लागिसकेको छैन् । अहिले कुट्नलाई प्रयोग गरिएको सिएनएन हिरो अनुराधा कोइरालाका छोरा मनिष कोइरालाको बुलेट बाइक पनि प्रहरीको नियन्त्रणमा रहेको छ । तर प्रहरीले मनिष कोइरालालाई पक्राउ गरेको छैन् । यदि मनिष कोइराला उक्त घटनामा सङ्लग्न छैनन् भने पनि उनको बाइक कसले प्रयोग गरेको थियो उनले बताउनु पर्छ ।

घटनाको पृष्ठभूमि

नयाँ उपकुलपति आइसकेपछि युवराज लुइँटेललाई नयाँ विभागीय प्रमुख नियुक्त गरियो जो टीकाराम गौतमभन्दा १४ वर्ष सिनियर हुन् । टिकाराम गौतमको १ वर्ष कार्यकाल बाँकी रहँदारहँदै अर्को विभागिय प्रमुख नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे तर अदालतले स्टे अर्डर जारी गरी लुइँटेललाई विभागिय प्रमुखका रूपमा कायम राख्ने निर्णय गर्यो । स्टे अर्डर आएपछि ९ जना प्रगतिशिल प्राध्यापकहरूको उपस्थितीमा प्रहरीले त्यसलाई कार्यान्वयन गर्दै विभागको ताला खालेको थियो । ताला खोलेपछि नेविसंघका योगेन्द्र रावल र हरि आचार्यको एउटा समूहले विभागिय प्रमुखलाई अमर्यादित अश्लील गाली गर्न थालेपछि यसरी नबोल्नुस् न भाइ, कम्तीमा प्राध्यापकको मर्यादा हुन्छ भन्दा उनीहरूले धम्की दिए । योगेन्द्र रावलले आफू र अरु प्राध्यापकहरूलाई फोनमा थ्रेट दिएका थिए । महाकवि देवकोटाको शालिकनेर योगेन्द्रले डाकेर भनेका थिए, ‘जसले यो ताला खोल्छ त्यसको हात काटिन्छ । ताला खोल्छौं भन्नेहरू कहाँ बस्छन् हामीलाई थाहा छ । घरैमा गएर टाउको फुटाइन्छ ।’ योगेन्द्र रावल त म कहाँ बस्छु भनेर चेक गर्न आएका चलाउनेले बताए ।

तीर्थराज खनियाँ विश्वविद्यालयको उपकुलपति हुँदा टीकाराम गौतम वरिष्ठताका आधारमा चौथो नम्बरमा भए तापनि मापदण्ड मिचेर उनलाई समाजशास्त्र केन्द्रीय विभागको प्रमुख बनाइयो । यस बीचमा नयाँ उपकुलपति आइसकेपछि युवराज लुइँटेललाई नयाँ विभागीय प्रमुख नियुक्त गरियो जो टीकाराम गौतमभन्दा १४ वर्ष सिनियर हुन् । लुइँटेल प्रमुख भएर आइसकेपछि नेविसंघका विद्यार्थीहरूले तालाबन्दी गरे । टिकाराम गौतमको १ वर्ष कार्यकाल बाँकी रहँदारहँदै अर्को विभागिय प्रमुख नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे तर अदालतले स्टे अर्डर जारी गरी लुइँटेललाई विभागिय प्रमुखका रूपमा कायम राख्ने निर्णय गर्यो ।

करिव २ महिना अघिदेखि समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरिएको थियो । नेविसंघका एउटा समुहको कुनै पनि हालतमा विभागीय प्रमुखको बहिर्गमन हनुपर्छ भन्ने एक सुत्रिय माग थियो । उप–प्राध्यापक चलाउनेका अनुसार सर्वोच्चको स्टे अर्डरपछि आफूहरूले ३ दिनभित्र ताला खोलिदिनुस् नत्र हामी खोल्छौं भनेका थियौँ र आम विद्यार्थीहरू पनि अब ताला खोल्छौँ भनिरहेका थिए । स्टे अर्डर आएपछि ९ जना प्रगतिशिल प्राध्यापकहरूको उपस्थितीमा प्रहरीले त्यसलाई कार्यान्वयन गर्दै विभागको ताला खालेको थियो । ताला खोलेपछि नेविसंघका योगेन्द्र रावल र हरि आचार्यको एउटा समूहले विभागिय प्रमुखलाई अमर्यादित अश्लील गाली गर्न थालेपछि यसरी नबोल्नुस् न भाइ, कम्तीमा प्राध्यापकको मर्यादा हुन्छ भन्दा उनीहरूले धम्की दिए । योगेन्द्र रावलले आफू र अरु प्राध्यापकहरूलाई फोनमा थ्रेट दिएका थिए । महाकवि देवकोटाको शालिकनेर योगेन्द्रले डाकेर भनेका थिए, ‘जसले यो ताला खोल्छ त्यसको हात काटिन्छ । ताला खोल्छौं भन्नेहरू कहाँ बस्छन् हामीलाई थाहा छ । घरैमा गएर टाउको फुटाइन्छ ।’ योगेन्द्र रावल त म कहाँ बस्छु भनेर चेक गर्न आएका चलाउनेले बताए ।

प्रहरी प्रशासनले किन योगेन्द्र रावल र हरि आचार्यलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ? नेविसंघले उप–प्राध्यापक चलाउने माथिको आक्रमणमा आफ्नो संगठनको हात नरहेको भनी जारी गरेको विज्ञप्तिलाई पत्याउने आधार के छ ? रावल र आचार्यका पछाडिको अदृष्य शक्ति के छ ? यसको पनि खोज अनुसन्धान हुन जरूरी छ । यो घटना विद्यार्थी राजनीतिको चरम क्षयीकरण र अपराधीकरणको पराकाष्टा हो । यस जघन्य अपराधिक घटनाको कुनै पार्टी विशेष नभनिकन सर्वत्र भ्रत्सना र निन्दा गरिएको छ ।

४ वरिष्ट प्राध्यापकहरूको विज्ञप्ति :

४ जना दिग्गज प्राध्यापकहरू केदारभक्त माथेमा, पिताम्वर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘हामी सो घटनाको निन्दा गर्दछौं, अपराधीरूलाई तुरुन्त पक्डिएर दण्ड–कारवाही गर्न सुझाउछौं, र यस घटनाका सञ्चालकहरू प्रति घृणा व्यक्त गर्दछौं । मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समुहको आडमा भएको हो । यो र अरू यस्तै अनेकन् विकृतिहरूको जिम्मेवारी लिएपनि वा यसबाट उम्के–भागेपनि यसको केन्द्रमा राजनीतिक दलहरू नै बसेका छन् । प्राज्ञिकता लगायत अन्य सवै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरूमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरूको आत्मसम्मानमा घाउ लागेको छ र उन्नति रोकेको छ ।’

यस घटनालाई लिएर नेपालका ४ जना दिग्गज प्राध्यापकहरू केदारभक्त माथेमा, पिताम्वर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘हामी सो घटनाको निन्दा गर्दछौं, अपराधीरूलाई तुरुन्त पक्डिएर दण्ड–कारवाही गर्न सुझाउछौं, र यस घटनाका सञ्चालकहरू प्रति घृणा व्यक्त गर्दछौं । मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समुहको आडमा भएको हो । यो र अरू यस्तै अनेकन् विकृतिहरूको जिम्मेवारी लिएपनि वा यसबाट उम्के–भागेपनि यसको केन्द्रमा राजनीतिक दलहरू नै बसेका छन् । प्राज्ञिकता लगायत अन्य सवै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरूमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरूको आत्मसम्मानमा घाउ लागेको छ र उन्नति रोकेको छ ।’

४ जना प्राध्यापकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यस्तो लाग्छ, मुलुकका सबैजसो राजनीतिक दलहरू मुख्यतया आफ्ना भ्रातृसंगठनहरू मार्फत नागरिकहरूको व्यावसायिक उत्साहलाई गॉज्न र व्यक्ति र समुहरूबीच कलह रोप्न लागिपरेका छन् । त्रिभुवन विश्वविद्यालय लगायत मुलुकभरिका कार्यालय र संघसंस्थाहरूमा यो स्थिति प्रत्यक्ष अनुभुत हुन्छ । विश्वविद्यालय लगायत सवै कार्यालय र संघसंस्थाहरूमा दल र तिनका भ्रातृ संगठनहरूका गैर राजनीतिक र अपवित्र होडवाजी सदाको लागि अन्त्य होस् भन्ने चाहन्छौ । प्रेम चलाउने जस्तै अन्य शिक्षक, विद्यार्थी, श्रमिक आदी अब आइन्दा प्रताडित नहुन, बरु उनीहरूको जोश जॉगर, सीप आदी प्रस्फुटित होओस् र उनीहरूले आ–आफना पेशा–व्यवसाय उत्कृष्ट रूपले सञ्चालन गर्न सकुन् । हामी राजनीतिक दलहरूलाई राष्ट्रिय तहको गहन आपसि छलफलमार्फत व्यापक र गहिरो दलीयकरणले निम्त्याएको विकराल राजनीतिक, शासकीय लगायत सुखशान्ती र उन्नतिसँग जोडिएको समस्याको हल निकाल्न गम्भीरतम् वजनका साथ आह्वान गर्दछौं ।’

विद्यार्थी राजनीतिको क्षयिकरण तथा अपराधिकरण :

हामी हिजोको विद्यार्थी संगठन र आन्दोलनलाई फर्केर हेर्दा धेरै हदसम्म गौरव गर्न लायक नै थियो । चाहे त्यो वि.सं. २०३६ सालको जनमत सङ्ग्रह ताका टंक कार्कीको नेतृत्वले गरेको विद्यार्थी आन्दोलन होस् वा राष्ट्रियताको सवालमा योगेश भट्टराईको नेतृत्वमा गरिएको कालापानी मार्च होस् । त्यस्तै रवीन्द्र अधिकारीको नेतृत्वमा गरिएको यातायात भाडा, मनोरञ्जनजन्य कुरामा विद्यार्थीहरू ५० प्रतिशत छुट तथा पारस शाहद्वारा कलाकार प्रविण गुरुङको हत्या विरोधी आन्दोलन होस् वा गगन थापा, गुरुराज घिमिरे र राजेन्द्र राईहरूको नेतृत्वले २०६२/२०६३ मा गरेको राजतन्त्र विरोधी सडक आन्दोलन होस् । यी सबै आन्दोलन र अभियानहरूले विद्यार्थी आन्दोलनका गौरवगाथा बोकेका थिए । तर पछिल्लो अवधीमा खासगरी गणतन्त्र प्राप्तिपछि विद्यार्थी आन्दोलन किन स्खलित भयो भन्ने विषयमा गम्भिर समिक्षा गर्न जरूरी छ ।

हामी कहाँ ६० वर्ष उमेर पुगेका युवा नेता र ४५–५० वर्ष पुगेका विद्यार्थी नेताहरू प्रशस्त छन् । बाहिरी देशका कुरा गर्नु पर्दैन, हाम्रै आफ्नै देशका नेताहरू वीपी कोइराला २६ वर्षको उमेरमा नेपाली काँग्रेसको संस्थापक र ४५ वर्षको उमेरमा देशकै प्रधानमन्त्री भएका थिए भने कृष्णप्रसाद भट्टराई ३० वर्षको उमेरमा देशको सभामुख बनेका थिए । त्यस्तै पुष्पलाल श्रेष्ठ २५ वर्षको कलिलो उमेरमा नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव बनेका थिए भने मदन भण्डारी ३७ वर्षको उमेरमा नेकपा (एमाले) को महासचिवमा निर्वाचित निर्वाचित भएका थिए । यति त तिनलाई थाह हुनु पर्ने हो ।

उमेरको हिसावले ४०–४५ वर्ष पुगेकाहरू आफूलाई विद्यार्थी नेता हुँ भन्दै विश्वविद्यालयमा हल्लीरहेका हुन्छन् । हामी कहाँ ६० वर्ष उमेर पुगेका युवा नेता र ४५–५० वर्ष पुगेका विद्यार्थी नेताहरू प्रशस्त छन् । लाग्छ कतिपयको त युवा हो कि विद्यार्थी हो ? के हो थाह नै नपाएर जीवन खेर गइरहेको छ । बाहिरी देशका कुरा गर्नु पर्दैन, हाम्रै आफ्नै देशका नेताहरू वीपी कोइराला २६ वर्षको उमेरमा नेपाली काँग्रेसको संस्थापक र ४५ वर्षको उमेरमा देशकै प्रधानमन्त्री भएका थिए भने कृष्णप्रसाद भट्टराई ३० वर्षको उमेरमा देशको सभामुख बनेका थिए । त्यस्तै पुष्पलाल श्रेष्ठ २५ वर्षको कलिलो उमेरमा नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव बनेका थिए भने मदन भण्डारी ३७ वर्षको उमेरमा नेकपा (एमाले) को महासचिवमा निर्वाचित निर्वाचित भएका थिए । यति त तिनलाई थाहा हुनु पर्ने हो ।

अहिलेका धेरैजसो विद्यार्थी नेताहरूले किताव, कापी बोक्दैनन्, तरबार, खुकुरी, रड बोक्छन् अलि माथिल्लो कोटीका विद्यार्थीहरूले पेस्तोल पनि बोक्छन् । अरूको त कुरै छोडौं नेपालकै सबैभन्दा पुरानो त्रिचन्द्र, शंकरदेव, अस्कल र महेन्द्र रत्न क्याम्पसमा खुकुरी तरबार हानाहान भएका कति घटना हामीले आफैले देखेका छौं सुनेका छौं । केही वर्ष अगाडि देशकै जेठो त्रिचन्द्र क्याम्पसमा विद्यार्थीका बडे नेताहरूको बीचमा गोली हानाहान भएको थियो । तिनीहरूका लागि पुस्तकालय जाबो फोहोर कागजको थुप्रो झैं लाग्छ, आगो बालेर खरानी बनाउँछन् । खासमा उनीहरू ठुला विद्यार्थी नेताहरू हुन्, उनीहरूको शैक्षिक योग्यता कति हो, कुन विषयका विद्यार्थी हुन भन्ने कुरा कसैलाई पनि थाह हुँदैन् । यसमा कुनै ठुला विद्यार्थी संगठनहरू अछुतो छैनन् मात्रामा तलमाथि होला ।

साँच्चीकै आफ्नो उज्ज्वल भविष्य बनाउने सपना देखेर पढ्न जाने विचारा विद्यार्थीहरूको बेहाल छ । राम्रो पढ्ने लेख्ने विद्यार्थीहरू कर्मचारी, डाक्टर, इञ्जिनियर केहि अपवाद बाहेक अपराधी मनोवृत्तिका मानिसहरू भविष्यका नेता हुने स्थिती छ । अन्ततः ढिलोचाँडो यीनले देश चलाउने स्थिती भएकोले यस्ता मनोवृत्ति भएकाहरूबाट देशले के अपेक्षा गर्ने ? राजनीतिक दलका नेताहरूले आफ्ना विद्यार्थी तथा युवा संगठनहरू कस्तो स्कुलिङ दिइरहेका छन् ? के राजनीतिक दलहरू यी सबै घटनाक्रमसँग बेखबर छन् ? त्यसो पक्कै होइन, तथ्यहरू हेर्दा यस्ता गतिविधिहरूमा अब्बल र पारङ्गत हुनेहरूलाई अधिकांश राजनीति दलहरूले आफ्नो विद्यार्थी संगठनका नेताका रूपमा अगाडि बढाउने गरेको देखिन्छ । यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यार्थी संगठनको राजनीतिक दलले लिनु पर्दछ ।

साँच्चीकै आफ्नो उज्ज्वल भविष्य बनाउने सपना देखेर पढ्न जाने विचारा विद्यार्थीहरूको बेहाल छ । राम्रो पढ्ने लेख्ने विद्यार्थीहरू कर्मचारी, डाक्टर, इञ्जिनियर केहि अपवाद बाहेक अपराधी मनोवृत्तिका मानिसहरू भविष्यका नेता हुने स्थिती छ । अन्ततः ढिलोचाँडो यीनले देश चलाउने स्थिती भएकोले यस्ता मनोवृत्ति भएकाहरूबाट देशले के अपेक्षा गर्ने ? पहिला पहिला विद्यार्थी राजनीतिमा लाग्ने पढाईमा अब्बल, सामाजिक, अतिरिक्त क्रियाकलापमा अगुवाई गर्ने खालको मानिस हुने गर्दथे । तर अहिले केहि अपवादवाहेक जेहेन्दार र उच्च नैतिकवान मानिस विद्यार्थीहरू राजनीतिमा लाग्नु हुँदैन जस्तो वातावरण बनेको छ । यस्तो विगविगीमा कतिपय असल र इमान्दार विद्यार्थी नेताहरू नतमस्तक भएर मात्र बसेको देखिन्छ । अन्ततः विद्यार्थीका राम्रा वा नराम्रा गतिविधिहरूको यसको जरो उनीहरूको माउपार्टीसँग गएर ठोक्किन्छ । राजनीतिक दलका नेताहरूले आफ्ना विद्यार्थी तथा युवा संगठनहरू कस्तो स्कुलिङ दिइरहेका छन् ? के राजनीतिक दलहरू यी सबै घटनाक्रमसँग बेखबर छन् ? त्यसो पक्कै होइन, तथ्यहरू हेर्दा यस्ता गतिविधिहरूमा अब्बल र पारङ्गत हुनेहरूलाई अधिकांश राजनीति दलहरूले आफ्नो विद्यार्थी संगठनका नेताका रूपमा अगाडि बढाउने गरेको देखिन्छ । यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यार्थी संगठनको राजनीतिक दलले लिनु पर्दछ ।

निष्कर्ष :

हिजोको दिनमा व्यवस्था विरोधी आन्दोलनमा विद्यार्थी संगठनहरूलाई निकै ठुलो भूमिका निभाएका थिए तर अहिले सन्दर्भ विद्यार्थीले आफ्नो औचित्य शैक्षिक गुणस्तरका मुद्दाहरूमा केन्द्रित भएर अगाडि बढाउनु पर्ने हो । त्यसतर्फ अहिलेका विद्यार्थी नेतृत्वको रुची छैन । उनीहरूलाई ठेक्कापट्टा, कमिसन, चन्दा उठाउने, क्यासिनो, डान्स रेष्टुरेण्ट, दोहोरीमा लगानी गर्ने कुरामा बढि रुची छ । कतिपय नेताहरू आफू सरकारी विश्वविद्यालयमा राजनीति गर्ने बोर्डिङ स्कुलमा लगानी गरेको समेत भेटिन्छन् । यस्तो विद्यार्थी नेतृत्वबाट के अपेक्षा गर्ने ? कि कतै विद्यार्थी संगठनहरूले आफ्ना गतिविधिहरूका कारण आफ्नो औचित्य पुष्टि त गर्दै छैनन् ?

विश्वविद्यालयलाई पूर्ण रूपमा राजनीतिकरणबाट मुक्त गर्नु पर्दछ । राजनीतिकरण, दलियकरण हुँदै अपराधिकरण तर्फ गएकाले बेलैमा यसको गहन शल्यक्रियामार्फत विश्वविद्यालयलाई जोगाएनौं भने आउँदा पुस्ताले अहिलेको नतृत्वलाई धिक्कार्ने छ । त्यसैले विश्वविद्यालयलाई विशुद्ध शैक्षिक र प्राज्ञिक थलोका रूपमा विकास गर्न अहिलेको स्थायी सरकारले बेलैमा पहलकदमी लिन जरूरी छ ।

विश्वविद्यालयमा भागवण्डाको आधारमा पदाधिकारीदेखि क्याम्पस प्रमुख, विभागिय प्रमुख, कर्मचारीहरू नियुक्त गर्ने गलत परम्पराको समुल नष्ट गर्नु पर्दछ । यस्ता नियुक्ति गुणवत्ताको आधारमा खुल्ला प्रतिस्पर्धाका आधारमा गरिनु पर्दछ । धेरैजसो नपढाउने प्राध्यापकहरू र नपढ्ने विद्यार्थीहरू विश्वविद्यालयको पार्टीका भातृ संगठनको नेता छन् । विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी र विद्यार्थी संघ संगठनका नाममा राजनीतिक पार्टीका झण्डा बोक्न बन्द गरिनु पर्दछ । यसका लागि विश्वविद्यालयलाई पूर्ण रूपमा राजनीतिकरणबाट मुक्त गर्नु पर्दछ । राजनीतिकरण, दलियकरण हुँदै अपराधिकरण तर्फ गएकाले बेलैमा यसको गहन शल्यक्रियामार्फत विश्वविद्यालयलाई जोगाएनौं भने आउँदा पुस्ताले अहिलेको नतृत्वलाई धिक्कार्ने छ । त्यसैले विश्वविद्यालयलाई विशुद्ध शैक्षिक र प्राज्ञिक थलोका रूपमा विकास गर्न अहिलेको स्थायी सरकारले बेलैमा पहलकदमी लिन जरूरी छ ।

(लेखक शाही सामाजिक अभियान्ताका रूपमा विभिन्न संघसंस्था र अभियानसँग आवद्ध छन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु