१२ जेष्ठ २०८०, शुक्रबार

कहाँ छ न्याय ?



मोडीदैछ कतातिर आजको देश हाम्रो
बलात्कारको घटनाले लिदैछ रूप चर्को
सतिले सरापेको देश भन्थे पुर्खाले
साच्चै नै सत्यतामा पारीणत भइरहेको छ अहिले

के बिराएकी थिइन् ति निर्मला पन्त बहिनिले
के गल्ती थियो होला र सम्झना बिकको अहिले
थिएत केबल फक्रदै गरेका सुन्दर फूल
नारी भएर जन्मिनु नै भएछ ठुलो भुल

छोडेनन् बाउले प्यारी छोरीलाई यहाँ
दाजुभाईले दिदीबहिनी चिनेनछन् त्यहाँ
ससुराबाले बिर्सेछन उनी आफ्नी बुहारी हुन भनी
भाउजुलाई के थाहा गिद्दे हुन्छन देवरका आँखा पनि

सोच्दैनन् किन हजार चोटी पाप गर्नु अघि
जन्मिएँ आफु पनि एकनारीकै कोखबाट भनी
नारीको महानताको रहेन कुनै मूल्य यहाँ
के त्यती सस्तीछीन त नारी लुटिन्छिन जहाँ तहाँ

रहेन सुरक्षित घर न मन्दिर नै रह्यो पवित्र
नारी जहाँ जहाँ हुन्छिन सल्बलाउछन् पापी चरित्र
अझै कति कुल्चिने हुन निर्मला र सम्झनाहरू
अत्याचारले सिमा नाघ्यो लौन अब त केही गरौं

किन बन्दैन कानुन बलात्कारीलाई फासी दिने
नारीको इज्जतसँग कहिलेसम्म हो खेलवाड हुने
तड्पिएका ति आत्माहरू न्याय पर्खिरहेका होलान
ज्यानमारालाई सजाय देउ नत्र रून्छन् चिहान

(घिमिरे त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा एफ.फिल. अध्ययररत विद्यार्थी हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको