१३ कार्तिक २०७७, बिहीबार

कोरोना सङ्क्रमणबाट सांसद सानु शिवा पहाडीको निधन



२८ असोज, काठमाडौं । कोरोना सङ्क्रमणका कारण प्रतिनीधि सभा सदस्य सानु शिवा (पहाडी)को निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत शिवाको बुधबार बिहान निधन भएको हो ।

लामो समयदेखि मृगौलाको समस्याबाट पिडित शिवाले केहि वर्षअघि मृगौला प्रत्यारोपण गराएकी थिइन् । उनको मुटुमा समस्या आएपछि तिन दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

तत्कालिन नेकपा एमालेबाट प्रतिनीधि सभा सदस्य निर्वाचित शिवा कुशल गायिका/जनसाँस्कृतिक अभियन्ता थिइन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले शिवाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जलि अर्पण गरेका छन् । नेता खनालले सामाजिक सन्जालमा लेखेका छन्, ‘शोकाकुल परिवारजनमा वियोगको वेदनालाई सहन गर्ने साहस र धैर्यता प्राप्त होस भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु