२१ जेष्ठ २०८०, आईतवार

मन्त्रिपरिषद् हेरफेर : विष्णु पौडेल अर्थ र पार्वत गुरूङ्ग सञ्चारमन्त्री नियुक्त



२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपपरिषद् केहि हेरफेर भएको छ । राष्ट्रपनि कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिका अनुसार नेकपा सचिवालय सदस्य विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरिएको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैले सम्हाल्ने भएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरूङ्ग, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन् । अन्य मन्त्रीहरूको कार्यभार भने यथावत नै राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालिरहेका पार्वत गुरूङ्गलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त तिन मन्त्रीहरूले भोली (बिहिबार) बिहान ११ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा हेरेफेर गरेकी हुन् ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको