१४ फाल्गुन २०७७, शुक्रबार

मन्त्रिपरिषद्को निर्णय : सार्वजनिक यातायातमा पुरै यात्रु राख्न पाइने



२८ असोज, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा अब पुरै सिटमा यात्रु राख्न पाइने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरै सिटमा यात्रु राख्न अनुमति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले यसअघि कोरोना महामारीका कारण सार्वजनिक यातायातमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने निर्णय गरेको थियो ।

छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधनले आधा यात्रु मात्रै चढाएर भाडा भने दोब्बर लिदै आएका थिए । मन्त्रिपरिषद्ले नजिकै आइसकेको वडादशैंलाई मध्यनजर गरेर सिट क्षमता अनुसार यात्रु राख्न दिने निर्णय गरेको हो ।

यद्यपि सरकारले आम नागरिकलाई ‘जहाँ छौं त्यहीँ दशै मनाऔं’ भन्ने आग्रह भने गरिरहको छ ।
बैठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कार्तिक महिनासम्म नखेल्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु