नेपालगन्ज उपमहानगरकी उप-मेयर उमा थापा मगरलाई कोरोना पुष्टि
२७ असोज, काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाकी उप-मेयर उमा थापा मगरलाई कोरोना संङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उप-मेयर थापालाई मंगलबार कोरोना पुष्टि भएको हो ।
पछिल्लो ३ हप्ता यता रूघाखोकी लाग्ने र घाँटी दुख्ने भएपछि बिचमा २ पटकसम्म कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उपमेयर थापाले बताइन् । उनले भनिन्, ‘रूघाखोकी सन्चो नभएपछि डाक्टरको परामर्श अनुसार आइतबार भेरी अस्पतालमा दिएको स्वाबको रिपार्ट आज मंगलबार पोजेटिभ आयो ।’
उपमेयर थापाले आफू होम आइसोलसनमा बसिसकेको बताउदै आफुसँग सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई सतर्कता अपनाएर घरमै बस्न र केही लक्षण देखिएमा तत्काल कोरोना परिक्षण गराउन आग्रह गरेकी छिन् ।
कोरोना सङ्क्रमणको सुरूवाती प्रभाव नै नेपालगन्जमा परेको अवस्थामा उपमेयर थापा कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रितापूर्वक खटिएकी थिइन् ।