६ आश्विन २०८०, शनिबार

समाजशास्त्र पढ्नेका लागि समाजकै चिन्तन प्रधान


सीता बोहरा
२७ आश्विन २०७७, मंगलवार

चिप्ले किरा आफ्नो गन्तव्यमा धैर्यताका साथ अघि बढ्ने क्रममा बाटो निर्माण गर्छ र अरुका लागि पनि गोरेटो निर्माण गरिदिन्छ । लेखन कार्यले पनि चिप्ले किराले जस्तै एउटा उद्देश्य बोकेर गन्तब्य तय गरेको हुन्छ । जसले आफुभन्दा पछिका अन्यको लागि गोरेटो प्रदान गर्दछ ।

समाजशास्त्री चैतन्य मिश्र भन्नुहुन्थ्यो– “समाजशास्त्र अध्ययन भनेको पढाइसँगै चिन्तन र लेखनको त्रिवेणी हो । समाजशास्त्रका विद्यार्थी पाठ्यपुस्तकमा मात्र केन्द्रीत भएर हुँदैन । सिक्ने क्रममा समाज संस्कृति, राज्य संयन्त्र र अर्थतन्त्र लगायतका सवाल महत्वपूर्ण हुन्छन् । त्यसैले समाजशास्त्रका विद्यार्थीले पुस्तकका अलावा समाज नै पढ्ने हो र समाजकै बारेमा चिन्तन गर्ने हो अनि लेख्ने हो ।”

विश्वविद्यालयको कक्षा कोठामा नेपालका नामी समाजशास्त्री चैतन्य मिश्र भन्नुहुन्थ्यो– “समाजशास्त्र अध्ययन भनेको पढाइसँगै चिन्तन र लेखनको त्रिवेणी हो । समाजशास्त्रका विद्यार्थी पाठ्यपुस्तकमा मात्र केन्द्रीत भएर हुँदैन । सिक्ने क्रममा समाज संस्कृति, राज्य संयन्त्र र अर्थतन्त्र लगायतका सवाल महत्वपूर्ण हुन्छन् । त्यसैले समाजशास्त्रका विद्यार्थीले पुस्तकका अलावा समाज नै पढ्ने हो र समाजकै बारेमा चिन्तन गर्ने हो अनि लेख्ने हो ।” उनै समाजशास्त्री मिश्रका विद्यार्थी दिपेश घिमिरे यसबाट प्रभावित नहुने कुरै भएन । नियमित रूपमा लेखन गरिरहेका घिमिरेको नयाँ पुस्तक ‘रिफ्लेक्सन अन नेपलिज सोसाइटीः एन अरकाइभ अफ सोसियोलोजिकल एस्सेज’ पुस्तक प्रकाशित भएको छ । समाजशास्त्र विषयको अध्ययन गर्ने क्रममा हामीले अधिकाँश पश्चिमाहरूको लेखन पढ्यौ । सायद यसैले पनि समाजशास्त्रीहरूलाई पश्चिमामूखी भएको दोष लाग्ने गरेको छ । हाम्रो आफ्नै सन्दर्भमा लेखिएका मौलिक लेख तथा पुस्तकको अभाव छ । शायद त्यसैले पनि हामी विद्यार्थीहरू पनि पश्चिमा लेखन मै भर परिरहेका छौ ।

पश्चिम समाज र हाम्रो समाजको बीचमा विशिष्ट भिन्नता छन् । यद्यपी यी दुवै तिरका समाज परिवर्तनशिल छन् । समाजमा दिनदिनै भइरहेका परिवर्तन, रूपान्तरण र अन्वेषणहरूको बारेमा पश्चिमाहरूले नियमित अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आइरहेका छन् । तर नेपाली समाजमा भएका परिर्वतनका बारेमा यथेष्ट अनुसन्धानहरू भएनन् । नेपालमा समाजशास्त्रीहरूले निकै कम लेखेका छन् । जसले गर्दा हाम्रो मौलिकता सहितको समाज बुझ्ने बुझाउने पुस्तक वा अन्य लेखन निकै कम छन् ।

अस्तिभन्दा हिजो र हिजोभन्दा आज समाज रूपान्तरण भइरहेको छ । फरक छ । यसरी समाज किन बदलिरहेको छ ? भन्ने कुरा बुझ्न समाजशास्त्रका विद्यार्थी मात्र होइन आम नागरिक पनि उत्सुक देखिन्छन् । यस्ता उत्सुकतालाई सम्बोधन गर्ने माध्यम भनेको समाजशास्त्रीय लेखन हो । तर नेपालका प्राज्ञिक वर्गले लेखनमा कम रुची देखाउँदा नेपाली समाज र सामाजिक परिवर्तनको बारेमा बुझ्न चाहनेको लागि आवश्यक खुराक आवश्यक मात्रामा पाउन सकिरहेका छैनन् । नेपाली समाजशास्त्रीहरूको लेखन कम हुँदा समाज अध्ययनमा लाग्ने विद्यार्थीहरूले पनि पश्चिमा लेखनको साहारा लिनु पर्ने बाध्यता छ । यद्यपी बाहिरको ज्ञान लिनु हुदैन भन्ने भने पटक्कै होइन । बाहिरको ज्ञानसँगै नेपाली समाज परिवर्तनको तुलनात्मक अध्ययन तथा लेखन जरुरी छ ।

‘रिफ्लेक्सन अन नेपलिज सोसाइटीः एन अरकाइभ अफ सोसियोलोजिकल एस्सेज’ पुस्तकका लेखक घिमिरे समाज, सामाजिक संरचना तथा सामाजिक सम्बन्धहरूलाई सुक्ष्म रूपले विश्लेषण गर्न र त्यसलाई विहङ्गम ऐतिहासिक संरचनाभित्र राखेर केलाउने सामथ्र्य राख्छन् । पुस्तकमा जम्मा नौवटा अनुसन्धानात्मक लेखहरू समावेश गरिएका छन् ।

यद्यपी वर्तमान युवा पुस्ताले समाजको परिवर्तनसम्बन्धी ज्ञान आर्जन गरी लेखनबाट अरुलाई समेत समाज बुझाउने प्रयास गरिरहेका छन् । यहाँ त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक दिपेश घिमिरेको ‘रिफ्लेक्सन अन नेपलिज सोसाइटीः एन अरकाइभ अफ सोसियोलोजिकल एस्सेज’ पुस्तक प्रकाशित भएको सन्दर्भ जोड्न खोजिदैछ । लेखक घिमिरे समाज, सामाजिक संरचना तथा सामाजिक सम्बन्धहरूलाई सुक्ष्म रूपले विश्लेषण गर्न र त्यसलाई विहङ्गम ऐतिहासिक संरचनाभित्र राखेर केलाउने सामथ्र्य राख्छन् । पुस्तकमा जम्मा नौवटा अनुसन्धानात्मक लेखहरू समावेश गरिएका छन् । पहिलो लेख गरिबीका बारेमा रहेको छ । उक्त निबन्धनात्मक लेखमा उनले गरिबीको सैद्धान्तिक पक्षलाई मिहिनतापूर्वक केलाएका छन् । साथै नेपालमा गरिबी निवारणमा भइरहेका प्रयासहरू किन खेर गइरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । मुलतः नेपालमा गरिबीलाई आर्थिक रूपमा मात्र मापन गरिदै आइएको छ । तर गरिबी बहुआयामिक कुरा हो । पैसा भएर मात्र गरिबी नहुने भन्ने हुँदैन । त्यसैले नेपाल सरकारले सुरु गरेको गरिबी परिचय पत्र वितरण लगायतका अन्य प्रयासलाई सफल बनाउने हो भने मौद्रीक दृष्टिकोणबाट मात्र नभई बहुआयामिक दृष्टिकोणबाट गरिबीको विश्लेषण गरी निती बनाउनु पर्ने निष्कर्ष निकालेका छन् ।

यसैगरी, दोस्रो लेखमा मधेश आन्दोलन बारेको अध्ययन लेख रहेको छ । लेखकले राजनीतिमा तिन मुख्य कुरालाई इङ्गित गरेका छन्, जसमा एजेण्डा, नेतृत्व र संगठन रहेको छ । उनका अनुसार मधेशी राजनीतिक शक्तिसँग बलियो एजेण्डा त छ तर कमजोर नेतृत्व र संगठनका कारण अपेक्षित परिवर्तन हुन सकिरहेको छैन । मधेस आन्दोलनलाई मधेसका कतिपय नेताले कसरी सत्ताको भर्याङ बनाए भन्ने कुरालाई प्राज्ञिक तवरले पेश गरेका छन् । उनले मधेशका चुनौतिहरूलाई मिहिन तवरले विश्लेषण गरेका छन् ।

त्यस्तै तेस्रो लेख सार्वजनिक नीतिसम्बन्धी रहेको छ । पाँच वटा उप–शिर्षक दिइएको उक्त लेख मुख्य २ प्रश्नको उत्तर खोज्नमा केन्द्रित छ । के समाजशास्त्रले सार्वजनिक नीतिमा योगदान दिन सक्दैन ? र सार्वजनिक नीतिमा समाजशास्त्रीय सङ्लग्नताको स्थिति के छ ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा उनले थुप्रै प्रमाण र उदाहरण पेश गर्दै सार्वजनिक नीति निर्माणमा समाजशास्त्रको महत्वलाई प्रकाश पारेका छन् । लेखको निष्र्कषमा सार्वजनिक नीतिमा समाजशास्त्रीय सङ्लग्नता बिस्तारै उन्नत भइरहेको, कर्ता र संरचना, राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेण्डा सेटिङ्ग तथा कार्यान्वयन जस्ता दृष्टिकोण मजबुत भएको दलिल पेश गरेका छन् । उनले समाजका विशिष्ट अवस्थालाई सुक्ष्म र बृहत् दुवै किसिमले विश्लेषण गर्ने समाजशास्त्रीहरू नीति निर्माणमा सङ्लग्न हुने हो भने त्यसले अहिले देखिएका कतिपय नीतिगत समस्या समाधान गर्न सहज हुने तर्क गरेका छन् ।

यसैगरी, सामाजिक समावेशीता र बहिष्करण लेखमा महिला, जनजाति, दलित अपाङ्गताको मुद्दामाथि छलफल गरेका छन् । साथै राजनीतिक दलहरूको समावेशिता र वहिष्करणको अवस्थालाई उल्लेख गर्दै यो विषय राजनीतिक वृत्तमा जति चर्चा गरिए पनि दल आफैंले त्यसको कार्यान्वयन गर्न नसकिरहेको उनको निष्कर्ष छ । त्यस्तै अर्को निबन्धनात्मक लेख नीति अध्ययन गर्ने संस्थासँग सम्बन्धित रहेको छ । वि.सं. २००७ सालको प्रजातन्त्र स्थापना पछि नेपालमा स्थापना गरिएका यस्ता संस्थाहरूको औचित्य र सरकारको त्यसप्रतिको उदासिनताका बारेमा मसिनो ढङ्गले केलाएका छन् । नेपाली मौलिक ज्ञानको विकास नहुनुमा यस्ता संस्थाहरूको सञ्चालन प्रक्रियाको भूमिका छन् । यस्ता संस्थाहरू त जसोतसो स्थापित भएका छन् तर त्यसको सञ्चालनको लागि आवश्यक पर्ने सर सहयोग गर्ने तथा समन्वय गर्न सरकार उदासिन रहदाँ समस्या उत्पन्न भएको उनको तर्क छ ।

यसैगरी ‘माओवादी आन्दोलन’ शीर्षकको निबन्धमार्फत् नेपालको माओवादी आन्दोलनका सामाजिक संरचनात्मक कारणहरू के के हुन् भन्ने खोजी गरेका छन् । उनले माओवादी आन्दोलन केही नेताका कारणले मात्र नभई सामाजिक संरचनात्मक कारणले सुरु भएको तर्क गरेका छन् । माओवादी आन्दोलनका विभिन्न कारणहरू रहेको उनको ठम्याई छ । जसमा देशको आन्तरिक कारण, राज्यको संरचना, स्वरूप र बनोट अनि बाह्य देश र सम्बन्धका आधारमा विश्लेषण गर्नुुपर्ने उल्लेख गरेका छन् । कुनैपनि क्रान्ती कुनै व्यक्तिको लहडमा वा चाहनामा हुँदैन यसको पछाडी संरचनात्मक कारण हुन्छ भन्ने उनको ठम्याई छ ।

आठौं लेखमा युवा उद्यमशीलतासम्बन्धी रहेको छ । घिमिरेले युवा उद्यमशीलता विकास नहुनुको सामाजिक कारण खोजी गरेका छन् । उद्यमशीलता पैसा वा सीपसँग मात्र जोडिँदैन बरु यो त समाज, सामाजिक बनौट, सामाजिक संरचना तथा सामाजिक तथा सार्वजनिक नीतिसँग नजिकको सम्बन्ध हुन्छ । नेपाली समाजमा विद्यमान मूल्य मान्यता युवालाई उद्यमी बन्न प्रेरित गर्ने नभई जागिर खान उत्प्रेरित गर्ने खालको छ भन्ने उनको तर्क रहेको छ ।

उक्त पुस्तकको अन्तिम निबन्धमा कुटनितिक, अन्र्तर्राष्ट्रिय सम्बन्ध, सैन्य, आर्थिक तत्व र राष्ट्रिय हितका सम्बन्धमा छ । उनको यो लेख संघिय गणतन्त्र नेपालको सन्दर्भमा समकालिन राजनीति बुझ्न महत्वपुर्ण छ । जनआन्दोलन–२ को परिर्वतनको एजेण्डाले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक संरचनामा मात्र परिवर्तन खोजेको थिएन राष्ट्रिय सुरक्षा नीतिमाथि पनि संशोधन चाहेको थियो भन्ने बुझाई छ । तर यस किसिमको निर्मम समिक्षा गरी सुरक्षा नीतिलाई राष्ट्रिय हित अनुकुल बनाउन नसकिएको उनको तर्क छ । यस लेखमा घिमिरेले संविधानमा राष्ट्रिय हितका विषयमा गरिएको प्रावधानको समाजशास्त्रीय विश्लेषण गरेका छन् ।

नेपाली समाजलाई बुझ्न पुस्तक अत्यन्त उपयोगी र सान्दर्भिक छ । हामी बाँचिरहेको समाजलाई बुझ्न बुझाउनको लागि यस पुस्तकले थोरै भएपनि योगदान गर्नेमा शंका छैन । यो पुस्तक समाजशास्त्रका विद्यार्थीलाई मात्र नभई सर्वसाधारणको लागि पनि सान्दर्भिक हुन सक्छ । नेपालमा नयाँ पुस्ता नेपाली मौलिक समाजशास्त्रको विकासको लागि सक्रिय छ । यसै मध्येका एक घिमिरे पनि हुन् । उनको यो चौथो पुस्तक हो ।

समग्रमा हेर्दा वर्तमान नेपाली समाजलाई बुझ्न पुस्तक अत्यन्त उपयोगी र सान्दर्भिक छ । हामी बाँचिरहेको समाजलाई बुझ्न बुझाउनको लागि यस पुस्तकले थोरै भएपनि योगदान गर्नेमा शंका छैन । यो पुस्तक समाजशास्त्रका विद्यार्थीलाई मात्र नभई सर्वसाधारणको लागि पनि सान्दर्भिक हुन सक्छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. टीकाराम गौतमको भुमिकामा पुस्तकको महत्वपुर्ण सार भेट्न सकिन्छ ।

नेपालमा नयाँ पुस्ता नेपाली मौलिक समाजशास्त्रको विकासको लागि सक्रिय छ । यसै मध्येका एक घिमिरे पनि हुन् । उनको यो चौथो पुस्तक हो । अनुसन्धानात्मक कार्य आफैमा सहज होइन । झन् यसको निरन्तरता त थप गाह्रो काम मानिन्छ । आवश्यक स्रोत तथा साधनको अभावमा अध्ययनमा रुची हुनेले पनि प्राज्ञिक कार्यलाई निरन्तरता दिन नसक्ने अवस्था छ । यद्यपी लेखनमा उनको निरन्तरताले नेपाली ज्ञान निर्माणको लागि सुन्दर भविष्यको सङ्केत गर्दछ । यस अघिका तीनवटा पुस्तक सुशासन तथा भ्रष्टाचारका विषयवस्तुमा केन्द्रीत थिए । यो पुस्तकबाट उनमा रहेको त्यस भन्दा बाहिरको ज्ञानका बारेमा जान्ने मौका पाइन्छ ।

कुल २१२ पेजको पुस्तकलाई साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो । सो पुस्तकको मुल्य ३७५ रुपैयाँ रहेको छ । पुस्तक अङ्ग्रेजी भाषामा छ । त्यसैले आम पाठकको ध्यान नतान्न सक्छ । तथापि नेपाली समाजको परिर्वतनलाई नजिकबाट नियाल्न खोज्ने नेपाली तथा विदेशी पाठकका लागि पुस्तक उपयोगी छ । नेपाली सन्दर्भ सहितको मौलिक ज्ञान उत्पादनमा यसैगरी नयाँ पुस्ता सक्रिय भइरह्यो र निरन्तरता दिइरह्यो भने समाजशास्त्र माथि लाग्दै आएको ‘पश्चिमा केन्द्रीत’ आरोपबाट पनि छुटकारा मिल्न सक्छ । तसर्थ घिमिरेलाई अनुसन्धानात्मक कार्य र लेखनको निरन्तरताको शुभकामना ।

(लेखक बोहरा त्रिभूवन विश्वविद्यालय अन्तर्गत रहेको सरस्वति बहुमुखी क्याम्पसमा शिक्षण सहायकका रूपमा कार्यरत छन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको