वडादशैंमा नयाँ नोट सटही नर्गर्ने राष्ट्र बैंकको निर्णय
२६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको वडादशैंमा नयाँ नोट सटही नगर्ने निर्णय गरेको छ । कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले पनि ‘जो जहाँ छौं त्यहि दशैं मनाउ’ भन्ने आग्रह गरिरहेका बेला राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपालमा कोरोना भाइरसको प्रभाव तिब्र गतिमा बढ्दै गएको र सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बैंकहरूमा भिडभाड हुन दिन नहुने कुरा स्वास्थ्य मापदण्डामा उल्लेख गरेकाले नोट सटही नगरिने व्यहोरो उल्लेख गरेको छ ।
नेपाल बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमा समेत सङ्क्रमण निकै फैलिरहेको छ । यस्तो अवस्थामा नोट सटहीका क्रममा हुने भिडभाडबाट सङ्क्रमण थप फैलिन सक्ने सम्भावना उच्च भएका कारण नोट सटही सुविधा प्रदान नगरिने जानकारी दिइएको छ ।
सूचना :
