१५ फाल्गुन २०७७, शनिबार

एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर नायिका उपासना



२६ असोज, काठमाडौं । पछिल्लो पुस्तामा निकै रूचाइएकी नायिका उपासना सिंह ठकुरी ‘एजुकेसन एण्ड माइग्रेसन कर्नर’को ब्राण्ड एम्बेस्डर अनुबन्धित भएकी छिन् । अष्ट्रेलिया लगायतका मुलुकहरूमा उच्च शिक्षा हासिल गर्न चाहने नेपालीहरूको विश्वासको केन्द्र ‘एजुकेशन एण्ड माइग्रेशन कर्नर’ले उपासनालाई ब्राण्ड एम्बेस्डर अनुबन्धित गरेको हो ।

शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको एजुकेसन एण्ड माइग्रेसन कर्नरले अब नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि आवद्धता बढाउँदै लैजाने संस्थाका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।

एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरको रूपमा एक वर्षका लागि अनुबन्धित भएकी उपासनाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छिन् । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेको संस्थासँग जोडिन पाएकोमा खुशी लागेको उपासनाले बताइन् ।

उपासना अभिनित चलचित्र क्याप्टेन र कबड्डी–कबड्डी–कबड्डी आम दर्शकमाझ निकै रूचाइएका थिए । नेपाली चलचित्र क्षेत्रमा प्रचुर सम्भावनासहितको उपस्थित जनाएकी नायिका ठकुरीले ‘एजुकेशन एण्ड माइग्रेशन कर्नर’ले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु