२१ मंसिर २०७८, मंगलवार

त्रिविका उपप्राध्यापक चलाउनेमाथि रड प्रहार गरेको आरोपमा २ पक्राउ



२६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाज शास्त्र सङ्कायका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रविन लामा र रूपेश साहलाई महनागरीइ प्रहरी परिसरको टोलीले आइतबार पक्राउ गरेको हो ।

लामालाई सिराहाबाट र रूपेशलाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक श्याम ज्ञवालीले बताए । ज्ञवालीले भने, ‘अहिले उनिहरूसँग सोधपुछ गर्ने काम अघि बढेको छैन । कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान अघि बढ्छ ।’

त्रिभुवन विश्वविद्यालय हाताभित्र रहेको नेपाल बैंक लिमिटेड एटिएमबाट पैसा निकाली आवास गृहमा फर्कँदै गर्दा ज्यान लिने उद्देश्यले गत २० गते चलाउनेमाथि साङ्घातिक हमला गरिएको थियो ।

रड प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लागेका उपप्रध्यापक चलाउनेको हाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको