आइतबार थप २०७१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु
२५ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर अहिलेसम्मकै बढि २ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
काठमाडौं उपत्यकामा आज (आइतबार) १४ सय १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १११५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख ७ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत १५ सय ५२ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ ।
पछिल्लो २४ घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।