१० आश्विन २०७८, आईतवार

उप-सचिव दिपक थापाको ‘सचिवालय व्यवस्थापन’ पुस्तक बजारमा



२५ असोज, काठमाडौं । नेपाल सरकारका उप-सचिव दिपक कुमार थापाको ‘सचिवालय व्यवस्थापन’ पुस्तक बजारमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले शुक्रबार पुस्तकको विमोचन गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्व. रवीन्द्र अधिकारी एवम् वर्तमान मन्त्री योगेश भट्टराईको निजी सचिवको रूपमा कार्य सम्पादनका क्रममा अभ्यास गरेका, टिपोट गरेका, सिकेका र अनुभव गरेका विषय र प्रसङ्गलाई चेकलिष्टका रूपमा पुस्तकमा समेट्ने कोशिस गरेको लेखक थापाले बताए ।

रारापाटीसँग कुरा गर्दै लेखक थापाले भने, ‘पुस्तकको भाग–१ मा कार्यालय व्यवस्थापन र भाग–२ मा उच्च पदस्थहरूको व्यक्तिगत जीवनसँग जोडिएका कार्यहरू व्यवस्थापन गर्ने विषय समेटिएको छ ।’

पुस्तक सार्वजनिक पद धारण गरेका संघ र प्रदेश सरकारका मन्त्रीहरू, सांसदज्यूहरू, विभिन्न विधायिकी समितिका पदाधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीहरू र सार्वजनिक पदाधिकारीहरुका नेपाल सरकारले सुविधा प्रदान गरेका सचिवालयका पदाधिकारीहरूका लागि उपयोगी हुने लेखक थापाले अपेक्षा लिएका छन् ।

हाल लेखक थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन तथा होटल व्यववस्थापन प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको