१८ फाल्गुन २०७७, मंगलवार

शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि



२५ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा स्वाव परिक्षण गरिएकोमा मन्त्री पाखरेलको रिपोर्ट आइतबार पोजटिभ आएको हो ।

ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा कोरोना परिक्षणका लागि स्वाव सङ्कलन गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्री पाखरेलका सहयोगी सुनिल खड्काले जानकारी दिए । उनले भने, ‘मन्त्रीज्यू अहिले पनि पाटन अस्पतालमै हुनुहुन्छ ।’

हिजो मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइलाई कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको गती तिब्र भएसँगै पछिल्लो केहिदिन यता उच्च पदस्थहरूलाई कोरोना देखिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु