२२ जेष्ठ २०८०, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरूद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता



२५ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपाका १८ जना सांसदले हस्ताक्षर गरी अविश्वासको लिखित प्रस्ताव संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी र सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको सांसदहरूको आरोप छ ।

अविश्वासको प्रस्ताव :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको